अछाममा आइसोलेसन कक्षमै जन्मियो शिशु

अछाममा आइसोलेसन कक्षमै जन्मियो शिशु

अछाम : अछाममा कोरोना संक्रमित महिलाले आइसोलेसन कक्षमै शिशु जन्माएकी छन् । मेल्लेख गाउँपालिका-४ कुष्कोट निवासी २५ वर्षीया महिलाले उपचारको क्रममा जिल्ला अस्पतालको आइसोलेसनमा बिहीबार शिशुलाई जन्म दिएकी हुन् । 

सुत्केरी भएकी ती महिलाका श्रीमान् समेत संक्रमित भएर उपचारका क्रममा सोही अस्पतालको आइसोलेसन कक्षमा उपचारत छन्।  सामान्य तरिकाबाट बच्चालाई जन्म दिएकी महिला र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेपनि आमा र शिशुमा कडा निगरानी गरिएको बताइएको छ ।

शिशु र आमाको दुवैको अवस्था अहिलेसम्म सामान्य रहेको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए । कोरोना संक्रमित पति पत्नीलाई असार ४ गतेबाट अछाम अस्पतालको आइसोलेसन कक्षमा  उपचार भइरहेको छ । 

भारतबाट आएका दुवै श्रीमान श्रीमती वडाकै क्वारेन्टाइनमा बसेपछि थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि  भएको थियो ।  जिल्लामा अहिलेसम्म ४ जनाले क्वारेन्टाइन र एकजनाले आइसोलेसनमा शिशुलाई जन्म दिएको अस्पतालका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.