काभ्रेमा थप छ जनामा कोरोना पुष्टि
काभ्रे : बनेपा, पनौती र तेमालमा गरेर थप छ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार दुई महिला र चार पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।
बनेपा नगरपालिका ३४ र ३० वर्षीया पुरुषमा कोरोना संक्रमण भएको हो । पनौती नगरपालिका–४९ वर्षीया महिला र २६ वर्षीया पुरुषमा कोरोना देखिएको छ।
काभ्रे ठेगना भएका एक २३ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । त्यसैगरी तिमाल गाउँपालिकाका–४० वर्षीय पुरुषमा कोरोना देखिएको छ।
काठमाडौंमा भएको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए।
बनेपा नगरपालिका र पनौती नगरपालिकामा कोरोना देखिएका व्यक्ति वैदेशिक रोजगारीबाट आएको व्यक्ति नभएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख झाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
१