पिरिम नलाएपछि ‘गलबन्दी पछ्यौरी’

पिरिम नलाएपछि ‘गलबन्दी पछ्यौरी’

काठमाडौं : नेपाली म्युजिक भिडियो इतिहासमा युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’को सफलतापश्चात् गायक आशिष सचिनको अर्को प्रस्तुति ‘गलबन्दी पछ्यौरी’ सार्वजनिक भएको छ। पिरिम नलाउने समूहकै सहभागितामा गलबन्दी पछ्यौरी तयार भएको हो।

कोभिड–१९ को प्रभावबीच सामाजिक दूरी र सतर्कता अपनाउँदै शुक्रबार काठमाडौंमा सम्पन्न एक कार्यक्रममा गलबन्दी पछ्यौरी सार्वजनिक गरिएको हो। कार्यक्रममा पिरिम नलगाउनेलाई झन्डै सात करोडपटक हेरिएको भन्दै टिमले केक काटेर सेलेब्रेसनसमेत गरेको थियो। लकडाउन हुनुपूर्व नै छायांकन गरिएको गीतको भिडियो लकडाउन केही खुकुलो हुँदा सीमित व्यक्तिको उपस्थितिमा सार्वजनिक गरिएको हो।

चार दिन लगाएर खिचिएको गीतमा नेपाली परम्परागत रोटे पिङ, लिंगे पिङ, हाट बजारको दृश्य कलात्मक शैलीमा प्रस्तुत गरिएको छ। गीतलाई पिरिम नलाउनेलाई जस्तै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको अभिनेत्री वर्षा राउतले बताइन्।

ओएसआर डिजिटलको निर्माण रहेको गीतमा गायक आशिष सचिनलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन्। पिरिम नलाउनेकै संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन्। गीत तथा भिडियोमा प्रायः पिरिम नलाउनेकै टिमको सहभागिता छ।

गम्भीर विष्टको कन्सेप्ट तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा गायक आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराई लगायतको अभिनय छ।

ओएसआरको युट्युब च्यानलमा सार्वजनिक गीतको भिडियो अर्जुन तिवारी र टिमले खिचेका हुन् भने नवीन निरौलाको सम्पादन छ। सर्ट फिल्म शैलीमा बनाइएको सो प्रिक्वेल म्युजिक भिडियोमा १० वर्षअघिको गाउँघरको परिवेशमा मौलाएको युगल प्रेमलाई कथाका रूपमा चित्रण गरिएको छ। पिरिम नलाउनेलाई अहिलेसम्म ६ करोड ४३ लाख पटक हेरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.