कोरोना संक्रमित भेटिएपछि पनौतीका दुई वडा सिल

कोरोना संक्रमित भेटिएपछि पनौतीका दुई वडा सिल

काठमाडौं । कोरोना संक्रमित भेटिएपछि पनौती नगरपालिकाका दुई वडा सिल गरिएको छ । वडा नं २ कुशादेवी र वडा नं ९ सुन्थान सिल गरिएको नगरपालिकाले सूचना जारी जानकारी दिएको छ।

सिल गरिएको वडामा आवतजावतमा पूर्णरपमा बन्द गरिएको सूचनामा उल्लेख छ । अति आवश्यकता एम्बुलेन्स बाहेकका तरकारी, दुध ओसरपसरमा समेत रोक लगाएको छ । अर्काे सूचना जारी नगरे सम्मको लागि उक्त दुई वडा सिल गरिएको नगरपालिकाले जनाएको छ।

नगरमा कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै सबैलाई घर–घरमै सेफ क्वारेन्टाइनमा बसेर सहयोग गर्न अपिल गरिएको छ । वडा नं २ कुशादेवीका एक ४९ वर्षिया महिलामा  र वडा नं ९ सुन्थानका वैदेशिक रोजगारीबाट फर्केका एक युवामा कोरोना देखिएपछि वडा सिल गरिएको हो । सुन्थानका युवा कोरियाबाट १६ दिनअघि पनौती आएका थिए। फेरि कोरिया जान पीसीआर परीक्षण गर्दा कोराना देखियो । 

कुशादेवीकी महिला भने सर्पले टोकेर उपचारका लागि काठमाडौं जाँदा पीसीआर परीक्षण गर्न ेक्रममा रिपोर्ट पोजिटिभ आएको थियो । उनी ८ दिनअघि सर्पले टोकेर उपचारका लागि पाटन अस्पताल गएकी थिइन् । उपचारपछि भोलिपल्टै फर्किएकी उनको सो समय संकलन गरिएको स्वाबको नमूना जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शुक्रबार पोजिटिभ रिपोर्ट देखिएको हो । महिलालाई टेकु अस्पताल लगिएको छ भने । कोरियाबाट आएका युवा होम क्वारेन्टाइनमै रहेको नगरपालिका जानकारी दिएको छ।

घरमै बसिरहेकी महिलामा कोरोना देखिएपछि आसपासमा त्रास फैलिएको  छ।  शुक्रबार दुई वडामा कोरोना संक्रमित देखिएपछि नगरपालिकाले वडामा सिल गरी कन्ट्याक्ट ट्रेसिङको तयारी गरिरहेको छ ।  पनौती नगरपालिकामा कोरोना संक्रमितको संख्य तीन पुगेको छ । केहि महिना अघि पनौती ८ मल्पीका एक महिलामा कारोना संक्रमण देखिएको थियो । उनी उपचारपछि घर फर्किसकेकी छिन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.