महामरक  : अनेक आकर, अनेक असर

महामरक  : अनेक आकर, अनेक असर

काठमाडौँमा ।  झन्नै १९ हजार मान्छे मारेको तीन सय वर्ष पहिलेको महामारीले धर्म-कर्म, दाह-संस्कार, जात-पात, बस्ती-सम्पत्ति, वेषभूषामा के-कस्तो परिवर्तन ल्यायो ? ऐतिहासिक महेशराज पन्तले इतिहासका अनेक आकर (स्रोत) बाट महामारीको अनेक असरबारे यस लेखमा उधिनेका छन्। 

०००

वि.सं. १७७२ चैतदेखि वि.सं. १७७९ भदौसम्म झण्डै साढे ६ वर्ष चम्कँदा काठमाडौँमा मात्र १९ हजार जतिको ज्यान लिएको यस प्लेगलाई ‘महामरक’को संज्ञा दिनु अनुपयुक्त होला जस्तो मलाई लाग्दैन (महेशराज पन्त, ‘महामारीमा कुमारी  : एक दु :खान्त’, ‘कान्तिपुर’ दैनिक, २०७७।२।३१।७, ५ पृ. हेर्नू)। यस महामरकको विषयमा तात्कालिक जनधारणा, यसको प्रतीकारको लागि गरिएको काम र एकैचोटि जस्तो हजारौँ हजार मानिस मर्नाले लौकिक व्यवहारमा पर्न गएको असर इत्यादिमा यहाँ केही लेख्ने कोशिश गरिन्छ।

०००
सृष्टिदेखि शुरू गरेर नेपालको इतिहासका घटनाको बयान गरी नेपाली भाषामा उत्राइसौँ शताब्दीदेखि लेख्न थालिएका, अहिले ‘भाषावंशावली’ भत्रे नाउँले प्रख्यात इतिवृत्त छोडेर यस महामरकसम्बन्धी अरू आकर अर्थात् स्रोत कि संक्षिप्त कि एकतर्फी छन्।

यो महामारी फैलेको झण्डै सय वर्षपछि ‘भाषावंशावली’ लेखिएको भए पनि अरू अरू विवरणभन्दा यो विस्तीर्ण भएकोले यो त्याज्य छैन, ग्राह्य छ। यहाँ लेखिएका कति कुरा त तात्कालिक नेवारी टिपोटहरूसँग हूबहू मिल्ने हुनाले ‘भाषावंशावली’को विवरण त्यस्ता उपकरणको भाष्य जस्तो लाग्छ।

दैवी आपद्विपद् आदि विशेष घटना घट्दा त्यसको निवारणको लागि आफूले गरेको शान्तिस्वस्तिको परिपाटी कर्मकाण्डीहरू टिपेर राख्थे र त्यस्तै घटना कालान्तरमा घट्दा त्यही टिपोट हेरेर पछिका कर्मकाण्डीहरू विधिविधान गर्थे भत्रे कुरा वि.सं. १८७६ मा महामारी आउँदा त्यसको शान्तिस्वस्ति राजा महीन्द्र मल्लको पालाको परम्परा हेरेर गरियो भनी लेखेकोले बुझिन्छ (गौतमवज्र वज्राचार्य, ‘ऐतिहासिक घटनावली’, ‘पूर्णिमा’ १८ पूर्णाङ्क, २०२५, ११० पृ.)।
यस कारण ‘भाषावंशावली’का कर्ताको पहुँच माथि चर्चा गरिएका जस्ता टिपोटलगायत अरू अरू त्यस्ता टिपोटमा भएको देखिन्छ। त्यसमाथि, वंशावली लेख्न बस्दा यो महामारी भएको सय वर्ष पनि नपुगेकोले यो महामारी भोग्ने मानिस शून्यप्राय : हुँदा पनि पछिपछिका पुस्ताले सुनेका कुरा पनि वंशावलीको यस विवरणमा आएको हुन सक्छ। 
०००

महामारी चम्कँदा रोगले छुनुभन्दा अगावै धेरै मानिस ज्यान बचाउन शहर छोडेर पनि गए, रोग लागिसकेका भने जीवनका धेरै घडी बाँकी नरहेको महसूस गरी तीर्थमा प्राणत्याग गर्ने इच्छाले पचलीघाट, विष्णुमती आदितर्पm दौडी ती ती ठाउँमा प्राण छोडे, केही त जाँदा जाँदै बाटामै मरे (देवीप्रसाद लंसालद्वारा सम्पादित ‘भाषावंशावली’ २ भाग, नेपाल राष्ट्रिय पुस्तकालय, २०२३, १०३ पृ.) भनी ‘भाषावंशावली’मा लेखिएकोले एकातर्फ शहर छोडेर जानेको लर्को र अर्कोतफ धर्मप्राण मुमूर्षुहरूको भागदौड आँखाअगाडि आउँछ।
०००

‘यहाँ मानिस मरेअनुसार पौगा (मृतकलाई ओढाइने, कपास धुनेर बनाइएको सानो ओढ्ने) पनि दिन सकिएन, (लाश बेर्न) पुलु (बाँसको चोयाले बुनेको मान्द्रो) पनि दिन सकिएन, व्यवहार विचार संचार पुर्‍याउन सकिएन’ भनी वि.सं. १७४० देखिका घटनाको नेवारी टिपोटमा लेखिएकोमा (डिल्लीरमण रेग्मी, ‘मेड्ईइभल् नेपाल्’ ३ भाग २ खण्ड, फर्मा के. एल. मुखोपाध्याय, कलकत्ता, ई.सं. १९६६, १२८ पृ.) ‘रोग हुन्या मानिसहरू भन्दा क्षण मात्र रोग लागी तत्कालैमा मर्दा शहर ग्रामहरूमा मर्यादा व्यवहार विचार संचार सबै बन्द भैगयो। ... मन्र्यालाई कात्रो आदि चाहिन्या कुरो पनि दिन सकेनन्’ भनी ‘भाषावंशावली’मा (१०३ पृ.) लेखिएको देख्दा पहिलो टिपोटकै कुरा यहाँ शब्दान्तरमा लेखिएको त छ नै छ, त्यसमाथि, अन्त्येष्टिको विधिविधान गर्न नसकेको मात्र होइन, त्यसको लागि आवश्यक वस्तु पनि जुटाउन नसकेको कुरा यी विवरणबाट थाहा पाउँदा स्थिति कस्तो भयावह रहेछ भन्ने अनुमान हुन्छ। 

ठूलो र सानो जातको भेदभावमा पनि यस महामारीबाट केही असर पर्न गएको कुराको चर्चा यहाँनिर गर्नु उपयुक्त नै होला। तात्कालिक व्यवस्थाअनुसार माथिल्लो जात भनी कहलिएका श्रेष्ठ भाजूहरूको लाश तल्लो जातले छुन नहुने नियम हुँदा हुँदै धेरै श्रेष्ठहरूको मरण भएकोले विवश भई किसानी अर्थात् ज्यापूहरूले मुर्दा छुने रीत बनाई उनीहरूलाई लाश बोकाउन थालियो, पहिले भाजूहरूको सनाथगूठी (सनागूठी) अर्थात् मलामीगूठी थिएन, यसरी स्थितिमा परिवर्तन आएपछि मात्र आआफ्ना इष्टदेवता जगाई भाजुहरूले सनाथगूठी खडा गरे भनी ‘भाषावंशावली’मा लेखिएको (१०४ पृ.) देख्दा श्रेष्ठ मास्के राजभण्डारी जस्ता माथिल्ला जातको दाह गर्ने काम ग्वा भनिने एक थरी ज्यापूले गर्छन्, त्यसको लागि सीगूठी अर्थात् मुर्दागूठी हुन्छ, अरू जातको पनि सीगूठी हुन्छ, तर त्यस गूठीमा आआफ्नै जातका हुन्छन् (ठाकुरलाल मानन्धर, ‘नेवारी-इङ्ग्लिश् डिक्शन्अरि’, आगमकलाप्रकाशन, दिल्ली, ई.सं. १९८६ मा ‘सी’) भत्रे सूचनासँग ‘भाषावंशावली’को माथिको कथन दाँज्न मन लाग्छ। 

मुर्दा यति धेरै थुप्रिए कि ‘मुर्दा उठाउन नसकी सहर घरमा धेरै मुर्दा रहन जाँदा छानामाथि स्यालहरू पनि मुर्दाको मासु खाई हिँड्न लाग्या’ भनी ‘भाषावंशावली’का कुनै कुनै प्रतिमा लेखिएको सम्झना पनि यस प्रसङ्गमा हुन्छ 
(संशोधन-मण्डलको संग्रहमा रहेको ‘मण्डलवंशावली-२’, १०७ ख पृ., बालचन्द्र शर्माद्वारा सम्पादित ‘काठमाडौँ उपत्यकाको एक राजवंशावली’, ‘प्राचीन नेपाल’, ६ संख्या, २०२५, नेपाली खण्ड, ९ पृ.)।

माथिल्ला जातको दाह ज्यापूले गर्न थालेको विषयमा ‘भाषावंशावली’को प्रकाशित पुस्तकबाट माथि लेखिएको कुरामा थप प्रकाश त्यही वंशावलीका अरू प्रतिबाट हुन्छ। श्रेष्ठहरूको लाश किसानीहरूलाई उठाउन लगाई तिनीहरूद्वारा नै दाह गराउने रीत काजी झगल ठकुरले चलाइदिएका हुन्। फेरि, मरेको दश दिनसम्म हरेक दिन पिण्ड दिनुपर्ने परम्परा तोडी एकैचोटि ४५ दिनमा पिण्ड दिने रीत पनि झगल ठकुरले चलाए भनी तिनमा लेखिएको छ। अर्को, मुर्दा बोकी लैजाने नोल फर्काई ल्याई राख्ने रीत पनि उनले चलाए (‘मण्डलवंशावली-२’, १०७ख-१०८क पृ., ‘प्राचीन नेपाल’ ६ संख्या, ९ पृ.)। लाश असंख्य थुप्रिँदा खट बाँधी लग्न असम्भव भएकोले नोलमा झुण्ड्याई लाश लग्ने र नोल पनि श्मशानमा फ्याँकेर नआई त्यसबाट त्यस आपत्कालमा वारंवार काम लिने गरिएको थियो भत्रे अर्थ पछिल्लो वाक्यको हो।

यो महामारी आउँदा घरैपीछे धेरै मानिस मरेकाले असंख्य अपुताली पर्‍यो भनी वि.सं. १७४० देखिका घटनाको टिपोटमा (१२८ पृ.) लेखिएकोमा ‘दिनमा १००।१२० मानिस मर्दा धेरैका सन्तान शून्य भै अपुताली लाग्यो’ भनी ‘भाषावंशावली’मा (१०३ पृ.) लेखिएकोले यो नेवारी टिपोटकै व्याख्या देखिन्छ। अपुताली पर्दा नजीकका दाजुभाइले दाबी नगरेको वा उनीहरूको दाबी नलागेको खण्डमा त्यो अपुताली सरकार लाग्ने हुनाले यति थुप्रो अपुताली पर्दा सरकारी आम्दानी पनि बढेको हुनुपर्छ।

यस महामारीबाट काठमाडौँमा झण्डै १९ हजार मानिस मरेको थाहा भए पनि अरू २ शहरमा कति मरे भत्रे कुराको लेखाजोखा कतै गरेको देखिएको छैन। साँच्चै भत्रे हो भने, ‘भाषावंशावली’मा (१०३ पृ.) छोडेर अन्यत्र यस महामारीको सन्दर्भमा भक्तपुरको नाउँसम्म पनि आएको छैन। यस कारण भक्तपुरमा यस महामारीको असर के कस्तो भयो, भत्र सकिने आधार छैन।

काठमाडौँको जनसंख्या त्यस वेला कति थियो भत्रे थाहा नभए पनि भक्तपुरमा १२ हजार, काठमाडौँमा १८ हजार र ललितपुरमा २४ हजार घरधुरी थिए भत्रे परम्परा चलेर आएकोले (उदाहरणको लागि, माणिक वज्राचार्य र अक्सल मिषायेल्सद्वारा सम्पादित ‘नेपालिकभूपवंशावली’, एडिशन्, सोशल साइन्स बहा : र हिमाल किताब, काठमाडौँ, ई.सं. २०१६, ४३, ५२, ५७ पृ.) भक्तपुर, काठमाडौँ र ललितपुरका पर्यायमा क्रमश : १२ हजार, १८ हजार र २४ हजार राज्य भत्रे शब्द चलेका थिए। त्यसैले भक्तपुरका राजा रणजित् मल्ल (वि.सं. १७५९-१८२८, राज्यकाल वि.सं. १७७९-१८२६) काशीवास जान चन्द्रागिरिको डाँडा पार गरिरहँदा उनी आफैँले बनाएको गीतमा ‘भिंmनदोल राज्यसं मदु सो जित वास’ अर्थात् ‘बाह्र हजार राज्यमा मलाई वास छैन’ (नयराज पन्त आदि, ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’, जगदम्बा-प्रकाशन, ललितपुर, २०२५, ९००-९०१ पृ.) भत्रे वाक्य परेको हो।

जुन बेला काठमाडौँ शहर बसालियो, त्यस वेलादेखि काठमाडौँलाई १८ हजार घरधुरी भएको भनी भन्दै आइएकोले सयौँ वर्षको अन्तरालमा यो महामारी आउँदा त्यत्ति नै मात्र घरधुरी थियो भनेर त किमार्थ भत्र सकित्र, बरु संख्या निकै नै बढिसकेको हुनुपर्छ। भोटबाट फर्कँदा वि.सं. १८७८ को पूस र माघमा गरी काठमाडौँ र भक्तपुरमा २५ दिन 

(ई.सं. १७२१ डिसेम्बर २७- १७२२ जनवरी २०) बिताएका, इटालीका जेज्युइट पादरी इप्पोलितो देजिदेरि (वि.सं. १७४१-१७९०)ले काठमाडौँमा धेरै लाख र ललितपुर र भक्तपुरमा भने केही लाख बासिन्दा छन् भनी आफ्नो यात्रावृत्तान्तमा लेखेकोमा (फिलिप्पो दे फिलिप्पिद्वारा सम्पादित ‘यान् अकाउन्ट् अफ् टिबेट् : द ट्र्याभल्ज् अफ् इप्पोलितो देजिदेरि अफ् पिस्तोरिआ, एस्. जे. १७१२-१७२७’को परिष्कृत संस्करण, जर्ज रूट्लेज यान्ड सन्ज, लिमिटेड लन्डन, ई.सं. १९३७, ३१७-३१८ पृ.) त्यसै ताका नेपालखाल्डोमा आएका क्याप्युचिन र जेज्युइट पादरीहरूले लेखेअनुसार ती तीन शहरमध्ये हरेकको जनसंख्या बढीमा ४० देखि ४५ हजारसम्म थियो भत्रे बुझिन्छ भनी त्यही यात्रावृत्तान्तको अङ्ग्रेजी उल्थाउपर विस्तृत उपोद्घात लेख्दा कोर्नेलियस वेसेल्ज (वि.सं. १९३७-२०२०)ले टिप्पणी गरेकोको सम्झना यस प्रसङ्गमा हुन्छ (उही, ४२९-४३० पृ.)।

 त्यो महामारी साम्य भएको ११५ वर्षभन्दा पछि काठमाडौँ शहरमा वि.सं. १८९६ सालमा भएको जनगणनाअनुसार त्यस वेला त्यस शहरमा ३६२४६ बासिन्दा थिए भत्रे थाहा भएकोले (दिनेशराज पन्त, ‘परराष्ट्रमन्त्रालयमा रहेका ऐतिहासिक सामग्रीको सूची’, ‘पूर्णिमा’ ७७ पूर्णाङ्क, २०४७, ४८ पृ.) त्यस महामारीबाट झण्डै १९ हजार मान्छे मर्नाले जनसंख्या स्वाट्टै घटेको थियो भनेर निर्धक्क भत्र नसकिने होइन।
०००

दुर्गविधानको सिद्धान्तअनुसार बसाइएको काठमाडौँ शहर परखालले घेरिएको थियो र बाहिरभित्र गर्न ठाउँठाउँमा ढोका बनाइएका थिए। अन्त्यज अर्थात् तल्लो जातको बस्ती ढोकाबाहिर हुन्थ्यो। मूल शहरमा घना बस्ती भएकोले माथिल्लो जातका भए पनि नेवारेतर जातिका नवागन्तुकहरूलाई पनि परखालबाहिर बसाइन्थ्यो। नेवार राजाको दरबारमा दरो उपस्थिति भएका र आयुधजीवी पेशामा लागेका खसहरूको संख्या त्यस वेलाको काठमाडौँमा त्यति कम थिएन। परखालबाहिर त्यति बाक्लो बस्ती नभएका ठाउँमा खसहरूको बसोबास भएकोले र खसहरू नेवार जस्तो गुचुमुच्च बस्ने पनि नभएकाले ‘ढोकाबाहिरका खसहरूमा भन्या यस रोगले ज्यादा मरेनन्’ भनी ‘भाषावंशावली’मा (१०३ पृ.) लेखिएको हो। ०००

जुनसुकै आपद्विपद्लाई देवताको कोपसँग जोड्ने हाम्रो परम्पराअनुसार ‘देवताका मूर्ति काँप्छन्, हाँस्छन्, रगत वमन गर्छन्, मूर्तिमा पसिना आउँछ, मूर्ति ढल्छन्’ भनी लडाइँ शुरू हुनुभन्दा अघिको स्थितिको विषयमा ‘महाभारत’ 
(६।२।२६)मा लेखेअनुरूप यो महामारी आउनुभन्दा अगाडि पनि देवताको कोप भएको कुरा वि.सं. १७४० देखिका घटनाको टिपोटमा यसरी आएको छ-

‘यसभन्दा अगाडि पशुपति महादेवको दक्षिण मुखको प्वालबाट दाह्रा बाहिर निस्क्यो। यस वर्ष श्रीऋद्धिनरसिंह मल्लले श्रीश्रीश्रीबुंगदेव (राता मछिन्द्र) तान्दा ३१ वटै आकसि (पाङ्ग्रा जोड्ने डण्डी) भाँचिए। यस वर्ष थतिटोलमा श्रीश्रीश्रीचाकबाहादेव (मीननाथ)लाई रथमा राख्दा पूरै रथ आगोले खायो’ (१२८-१२९पृ.)।

देवताको कोपको विषयमा नेवारी टिपोटमा भए जति कुरा त ‘भाषावंशावली’मा दोहर्‍याइएकै छ, त्यसमाथि, ‘कीर्तिपुर व्याघ्रभैरवका नेत्रदेखि मुनिको मुख पतन भयो। नवग्रहगण पनि घोप्टिरह्या। नेपालमण्डलका सबै स्थानका ठूलाठूला देवताका स्थानमा उपद्रव भयो’ (१०३ पृ.) भनेर पनि त्यहाँ लेखिएको छ।

क्रिस्तान धर्मको प्रचार गर्न काठमाडौँमा पनि क्याप्युचिन मिशन खोल्ने कुरा वि.सं. १७७० मङ्सीरमा निर्णय भएपछि अर्को साल पूसमा ४ जना क्याप्युचिन पादरी काठमाडौँ आइपुगे। ती पादरीहरू औषधिमूलो पनि गर्ने हुनाले राजा प्रजा दुवै थरीमा पादरीहरूको प्रभाव पर्न गएको थियो। यसैले बहाल तिर्नु नपर्ने गरी मिशन खडा गर्न भनी राजाले एउटा घर दिई पादरीहरूलाई राखेका थिए (लुच्यानो पेतेकद्वारा रचित, सुरेन्द्र ढकालद्वारा अनूदित ‘तिब्बत र नेपालमा इटालियन धर्म प्रचारकहरू’, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, काठमाडौँ, २०६०, ५४-५६, ६३ पृ.)।

भास्कर मल्लको राजमा यसरी क्याप्युचिन मिशन खडा गर्न दिइएकोले र अझ, धर्मसम्बन्धी छलफल गर्न पादरीहरूलाई दरबारमा बराबर बोलाउने गरिएकोले पनि ब्राह्मणहरू असन्तुष्ट थिए। यसैले यस महामारीलाई उनीहरूले पादरीहरूको उपस्थितिसँग जोड्दा हूल उठेर मानिसहरू पादरीहरूको विरोधमा उत्रे र वि.सं. १७७३ को साउन महीनामा (ई.सं. १७१६ जुलाई १८ मा) पादरीहरू बसेको घरमा पसी उनीहरूले लूटपाट मच्चाए। दरबार पादरीहरूको पक्षमा भएकोले राजा खुद गई तिनीहरूलाई थामथुम पार्नुपर्‍यो भनी त्यही मिशनका पादरी जूजेप्पे फेलिचे (वि.सं. १७३८-१७७८)ले लेखेका छन् (उही, २६६-२६७ पृ.)।

भास्कर मल्लले आफ्नो दरबारमा केही मुसलमान भित्र्याएको मूल काजी झगल ठकुरलाई मन परेको थिएन। मुसलमानहरूको संख्या र शक्ति क्रमश : बढ्दै गएपछि राजाले हिन्दू धर्म मास्न लागे, यसैले मुसलमानहरूलाई ननिकाले हामीहरू मुसलमानका कमारा हुने भयौँ भनी झगल ठकुरको मातहतमा काठमाडौँका प्रजाहरू, यहाँ आयुधजीवीको हैसियतले बसेका खसहरू र पाटनका प्रमानहरू एक गठ भई उनीहरूले मुसलमानहरूलाई शस्त्रप्रहार गरी मार्न थाले। यसपछि राजा र मुसलमानहरू एकापट्टि भई मुठभेड हुँदै जाँदा दुवै पक्षका धेरै मानिस मारिए 
(‘भाषावंशावली’, १०१-१०२ पृ.)।

इप्पोलितो देजिदेरिले आफ्नो यात्रावृत्तान्तमा काठमाडौँका तात्कालिक राजा अर्थात् भास्कर मल्लको विषयमा लेख्दै जाँदा आफ्नो विरोधमा लागेका नेवारहरूलाई खोसी हिन्दुस्तानीहरू खास गरी मुसलमानहरूलाई नोकरी दिई दरबारमा राखेको, त्यसैले नेवारहरूले दरबारमा हमला गरी राजाले झण्डै झण्डै देख्ने जस्तै गरी केही विदेशी र मुसलमानहरूलाई मारेको कुरा पनि उनले लेखेका छन् (‘यान् अकाउन्ट् अफ् टिबेट् : द ट्र्याभल्ज् अफ् इप्पोलितो देजिदेरि’, ३१३ पृ.)। देजिदेरिले लेखेको यो कुरा ‘भाषावंशावली’मै लेखिएको घटनाकै शब्दान्तर हो भनी भनिरहनुपरोइन।

यो घटना पादरीहरूलाई हमला गर्नुभन्दा अगाडिको हो भत्रे कुरा राजाको विरोधमा प्रजा उठी, दरबारभित्र गई राजालाई त्यहाँबाट निकाली उनका ७ जना कामदारलाई प्रजाहरूले मारे। त्यही मौका छोपी क्रिस्तान धर्मका विरोधीहरूले पादरीहरूलाई हमला गर्न उक्साए भनी त्यस ताका काठमाडौँमै बसिरहेका, पोर्चुगलका जेज्युइट पादरी इमेनोएल फ्रेर (वि.सं. १७३६-१७८५ पछि)ले लेखेकाले बुझिन्छ (देजिदेरिको यात्रावृत्तान्तमा परिशिष्टको रूपमा गाभिएको इमेनोएल फ्रेरको यात्रावृत्तान्त, ३६० पृ.)। उनको शब्दमा, हमला गर्नको लागि निहुँ के थियो भने क्याप्युचिन पादरीहरूले लगाएका लुगाको रङ। 

परम्परादेखि क्याप्युचिन पादरीहरू कालो रङका लुगा लाउँथे। पटनामा क्याप्युचिन पादरीहरूका मुखिया फेलिक्स फ्रेको र त्यहाँका काजी अर्थात् मुसलमान धर्माधिकारीको राम्रो दोस्ती थियो। त्यसैले ती काजीले कालो रङको लुगा नलगाई आइन्दा नीलो रङको लुगा लगाउने आग्रह गरेर केही थान लुगा हाल्न पुग्ने नीलो कपडा पनि फेलिक्स फ्रेलाई दिए। त्यसपछि क्याप्युचिन पादरीहरूले नीलो लुगा सिलाई लगाउन थाले (उही)। 

नेपालमा पनि उनीहरू नीलै लुगा लगाएर आए। नीलो रङ अशुभ भएकोले यस्तो रङको लुगा लगाउँदा अप्रसत्र भएका देवताले पितृहरूलाई तारेनन् र उनीहरू फर्केर आउनुपर्‍यो, अनि मानिस मारी रीस पोख्दा महामारी फैलियो, देवताहरूको रीस साम्य पार्न नीलो लुगा लगाउने पादरीहरूलाई नमारी हुत्र भत्रे धारणा सर्वसाधारणको भयो (उही, ३६०-३६१ पृ.)।

लुगाको रङमा विवाद परी आफ्नो प्राणसंशय भएपछि क्याप्युचिन पादरीहरूले सेतो कपडा किनी नेपाली छाँटको लुगा सिलाएर लाए। पादरीहरूलाई त्यस्तो वेषभूषामा देखेपछि तिमीहरूले यस्तै लुगा लाउनुपर्छ, अब तिमीहरू मुगलानियाँ जस्तो भएनौ, अब तिमीहरू हामी जस्तै नेपाली भयौ भनी सर्वसाधारणले भने (उही, ३६१ पृ.)।
०००

देवता कुपित हुँदा नै आपद्विपद् पर्छ भत्रे जनधारणा भएकोले त्यस्तो अवस्थामा शान्तिस्वस्ति गर्ने चलन पुरानो हो। त्यसैले यस महामारीमा ब्राह्मणद्वारा देवताको मूर्ति जगाई देवताबाट यसको कारण पत्ता लाउन खोजेको, यसपटक भने मूर्तिबाट कुनै जवाफ नआउँदा ब्राह्मणहरूको भन्दा भूतप्रेतको शक्ति बढी भएकोले देवता चूप लागेर बसेको भत्रे हल्ला आफूले सुनेको भनी महामारी चम्कँदा काठमाडौँमै रहेका पादरी जूजेप्पे फेलिचेले लेखेका छन् (‘तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरू’, २६८ पृ.)।

यो पढ्दा वि.सं. १७३६ को बर्खामा काठमाडौँमा बिफरको महामारी आउनाको कारण पत्ता लाउन देवता चढेको मानिसलाई बकाएको घटनाको सम्झना हुन्छ (महेशराज पन्त, ‘मरकले राजालाई पनि छोडेन’, ‘कान्तिपुर’ दैनिक, २०७७।१।२०।७, ५ पृ.)।
०००
त्यौडटोलमा अकस्मात् तत्कालै मानिस मर्न लागेकाले महाराज महीन्द्रसिंहको आज्ञाले ठहिटी क्वाबहालका वज्राचार्यहरूद्वारा ने.सं. ८३६ तदनुसार वि.सं. १७७२ फाल्गुनकृष्णमा होम गराइयो, ६४ योगिनी र अष्टमातृकालाई बलि दिइयो, ब्राह्मणलाई ग्रहको दान र गुभाजूलाई सूर्यविम्ब, चन्द्रविम्ब र आत्मविम्ब दान दिइयो। यो कुरा असन तछेबहालका गुभाजूहरूको वि.सं. १७६९ देखिको टिपोटबाट थाहा भएको हो (‘पूर्णिमा’ १८ पूर्णाङ्क, ११२ पृ.)।

भास्कर मल्लका उत्तराधिकारी जगज्जय मल्ल (वि.सं. ?-१७९२, राज्यकाल वि.सं. १७७९-१७९२)को ने.सं. ८४३ तदनुसार वि.सं. १७८० चैत्रकृष्णप्रतिपदाको ताम्रपत्रबाट पनि यस महामारीमा गरिएको शान्तिस्वस्तिको विषयमा प्रकाश पर्छ। त्यसअनुसार केरुङका लामा न्यिमा सिङ्गीले महामारी चम्कँदा शान्ति गरेबापत उनलाई तार्के (सिन्धुपालचोक जिल्लामा पर्ने)मा ६६ रोपनी खेत, डिही र घडेरीको लागि ४ कर्ष र थप ५ रोपनी जग्गा दिइएको थियो (ग्राहम ई. क्लार्क, ‘अ हेलम्बु हिस्टरि’, ‘जर्नल् अफ् द नेपाल् रिसर्च् सेन्टर्’ ४ ठेली, ई.सं. १९८०, १५-१९, 

३१ पृ.)। यति धेरै जग्गा शान्तिस्वस्ति गर्नेलाई दिइएकोले यो शान्तिकर्म निकै परिभ्राटको हुनुपर्छ। 
महामारी साम्य गर्न शान्तिस्वस्ति गरिएको कुरा ‘भाषावंशावली’मा सोझै नआए पनि ‘अहो गमार काजी, तेरो शान्तिस्वस्ति पूजापाठले महामारी निवारण हुन्याछैन, देशी परदेशी सब जनालाई इच्छाभोजन गराऊ, तब महामारीदेवी सन्तुष्ट भै रोगनिवारण होला, पशुपतिनाथ पनि प्रसत्र होलान्’ भनी कुनै जोगीले झगल ठकुरलाई भने भनी त्यहाँ लेखिएकोले राज्यको तर्पmबाट शान्तिस्वस्ति गरिएकोतर्फ सङ्केत गरेको देखिन्छ। महामारीले हाहाकार भएको त्यस समयमा ४ दिनसम्म आउने जतिलाई इच्छाभोजन गराएपछि ‘मरणभय बहुतै निवारण भैगयो’ भनी ‘भाषावंशावली’मा त्यो प्रकरण टुङ्ग्याइएको छ (१०३ पृ.)।

ने.सं. ८३७ तदनुसार वि.सं. १७७४ मा जेठ महीनाको औँसीको दिन ललितपुरका राजा ऋद्धिनरसिंह बितेपछि त्यहाँ प्रमान (मन्त्री)हरू काठमाडौँ गई त्यहाँका राजा महीन्द्रसिंह उर्फ भास्कर मल्ललाई बोलाएर ल्याई आषाढपूर्णिमाको दिन उनलाई ललितपुरको सिंहासनमा बसाएकोले (‘मेड्ईइभल् नेपाल्’, ३ भाग २ खण्ड, १२८-१२९ पृ.) उनी काठमाडौँ र ललितपुर दुवै राज्यका राजा भएर बसिरहेका थिए। ने.सं. ८४२ तदनुसार वि.सं. १७७९ भाद्रकृष्णनवमीको दिन महामारीले भास्कर मल्ल बितेपछि काठमाडौँ र ललितपुर दुवै राज्यमा सिंहासन खाली हुन गए।

अनि काठमाडौँमा जगज्जय मल्ल (वि.सं. ?-१७९२, राज्यकाल वि.सं. १७७९-१७९२) र ललितपुरमा योगप्रकाश मल्ल (?-१७८६, राज्यकाल वि.सं. १७७९-१७८६) राजा बनाइए। महामारी बिस्तारै साम्य हुँदै गएपछि ने.सं. ८४३ तदनुसार वि.सं. १७७९ माघकृष्णषष्ठीको दिन ललितपुरमा राजा योगप्रकाश मल्ल २ काजी प्रमुख भई लक्षहोम गरी महामारीको साङ्गे गरिएको थियो (‘नेपालको इतिहास राजभोगमाला’, ‘प्राचीन नेपाल’ १० संख्या, २०२६, ८ पृ.)।

यस महामारीको प्रकोपले काठमाडौँ शहरकी ‘राजकीय’ कुमारीको साथै अरू २ कुमारी पनि परलोक हुँदा ‘राजकीय’ कुमारीको आसन खाली राख्न नहुने भएकोले तत्काल चाबहिलकी कुमारी ल्याएर राखी काम चलाइएको थियो, २ महीनापछि दसैँमा नयाँ कुमारी छानी चाबहिलकी कुमारीलाई ससम्मान फिर्ता पठाइएको थियो (प्यारिसको आँस्तित्यु द सिभिलिजाँस्यो आँदियन्नमा सिल्विं लेविको सङ्ग्रहमा रहेको लेखोट ‘लेविवंशावली-२’, ‘मण्डलवंशावली-२’, १०८क पृ., ‘प्राचीन नेपाल’ ६ संख्या ९ पृ., ‘नेपालको इतिहास राजभोगमाला’, ‘प्राचीन नेपाल’, ११ संख्या, २०२७, ४ पृ., ‘नेपाल देशको इतिहास’, ‘प्राचीन नेपाल’ १९ संख्या, २०२९, ५ पृ., दिनेशराज पन्तद्वारा सम्पादित ‘संक्षिप्त वंशावली’, खिलशर्म-राजीवलोचनजोशीस्मारकप्रतिष्ठान, काठमाडौँ, २०६५, ६८ पृ.)।

राजा भास्कर मल्लको एउटा सोख पशुपन्छी पाल्ने थियो। उनी कुकुरलाई अति प्यारो गर्थे, कुकुर छोएपछि हातै नधोई अरू वस्तु छुने गर्थे। पशुपन्छीलाई बन्धनमा राखेको र कुकुरसँग छुवाछूत नबारेको पापले गर्दा उनले महामारीबाट बित्नुपर्‍यो भत्रे कुरा उनकी जेठी रानीलाई लाग्न गयो र सती जान लाग्दा तिनै रानीले राजाको शवमा प्वाँखै प्वाँख देखेको, राजालाई सर्व जातिका विष्ठाले पूर्ण नरकमा गाडेको र उनी अलिकति चल्नेबित्तिकै कुकुरले टोकाउने गरेको भान परेकोले राजाको उद्धारको लागि धर्मकर्म गरिदिन त्यहाँ जम्मा भएका पञ्चप्रजा अर्थात् भारादारलाई रानीले भनिन् भनी ‘भाषावंशावली’मा लेखिएकोबाट बुझिन्छ (‘मण्डलवंशावली-२’, १०९ क-ख पृ., ‘लेविवंशावली-१’, ‘प्राचीन नेपाल’ ६ संख्या, ९-१० पृ., ११ संख्या, ४ पृ., १९ संख्या, ६ पृ., संक्षिप्त वंशावली, ६८ पृ.)।

सती जाने जेठी रानीले भनेकीले मृतक राजाको उद्धारको लागि काजी झगल ठकुरले मखनटोलमा जगत्राथको मन्दिर बनाई गूठी राखेर नित्यपूजा चलाएको कुरा ‘भाषावंशावली’मा आएको छ (महेशराज पन्त, ‘नयाँ ठ्यासपूm’, ‘पूर्णिमा’ १३८ पूर्णाङ्क, २०६९, १५० पृ.)।

जगत्राथको मन्दिर बनाउनको लागि झगल ठकुरले ने.सं. ८५५ तदनुसार वि.सं. १७९२ चैत्रकृष्णषष्ठीको दिन जग खनाएको, त्यसको एक हप्तामा द्वादशीको दिन जग हालेको कुरा तात्कालिक एउटा टिपोटमा आएकोले 
(‘पूर्णिमा’ १३८ पूर्णाङ्क, १५८ पृ.) र अर्को तात्कालिक टिपोटमा ने.सं. ८५९ तदनुसार वि.सं. १७९५ कार्तिककृष्णद्वादशीको दिन झगल ठकुरले आफ्नो घरमा जगत्राथको स्थापना गरे भनी लेखिएकोले 
(‘मेड्ईइभल् नेपाल्’ ३ भाग २ खण्ड, १०६ पृ.) मखनका पात्रवंशी झगल ठकुरले आफ्नै घरको लगापातमा मन्दिर बनाएको देखिन्छ। 

मखनटोलमा अहिले सुरज आर्केडको उत्तरपट्टि रहेको, जगत्राथको शिखरशैलीको मन्दिर नै झगल ठकुरले बनाएको मन्दिर रहेछ भत्रे देखिन गएको छ। छोटकरीमा लेखिएका ती टिपोटमा त्यो देवल भास्कर मल्लको उद्धारको लागि बनाइएको हो भनी नलेखिए पनि त्यस मन्दिरसम्बन्धी शिलापत्र तामापत्र जस्ता लिखतमा सबै कुरा खुलाइएको हुनुपर्छ। तर त्यस्ता लिखत अहिलेसम्म प्रकाशमा नआएकोले यस विषयमा इदमित्थ गरेर भन्न सक्ने स्थितिमा म छैन।
[email protected]  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.