रसिया महोत्सवमा ‘सहायक श्रीमान्’

रसिया महोत्सवमा ‘सहायक श्रीमान्’

काठमाडौं : नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ। आगामी अगस्ट २७ देखि २९ सम्म रसियामा हुन लागेको अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा नेपालबाट ‘सहायक श्रीमान्’ छनोट भएको हो। गणेश पाण्डेद्वारा निर्देशित ‘सहायक श्रीमान्’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित एक हजार अमेरिकी डलर जितेको थियो।

नेपालबाहिरको चलचित्र महोत्सवमा ‘सहायक श्रीमान्’ छनोट भएको यो पहिलो हो। निर्देशक पाण्डेका अनुसार कोरोनाका कारण विभिन्न देशका चलचित्र महोत्सव स्थगित भएका कारण ‘सहायक श्रीमान्’को अन्तर्राष्ट्रिय यात्रा पनि रोकिएको थियो।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्। हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ। उनीहरू माया र काम मात्रै बाँड्दैनन्, श्रीमती पनि एकआपसमा बाँड्छन्। अहिलेको पुस्ताका लागि अनौठो चलन हो यो। एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीनवटा परिवारको कथालाई डकुमेन्ट्रीले उठाएको छ।

‘भाग्यले बाँचेकाहरू’ नामक डकुमेन्ट्री फिल्मबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाएका निर्देशक पाण्डेले करिब चार वर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान् निर्माण गरेका हुन्। यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन्।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन्। यसैगरी ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन्। संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.