लुम्बिनी बौद्ध विश्वविद्यालय पूर्णसरकारी स्वामित्वमा आयो

लुम्बिनी बौद्ध विश्वविद्यालय पूर्णसरकारी स्वामित्वमा आयो

बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालय बहुविषय अध्यापन गराउन पाउने गरी पूर्णसरकारी स्वामित्वमा आएको छ । विश्वविद्यालय ऐन २०६३ संसोधन भएपछि सरकारी स्वामित्वमा आएको हो। यसअघि ऐनको प्रास्तावनामा ‘जनस्तर’बाट सञ्चालन गर्ने भन्ने उल्लेख थियो । सो प्रस्तावनालाई संशोधन गर्दै जनस्तर भन्ने शब्द झिकिएको हो । नेपालमा रहेका त्रिभुवन विश्वविद्यालय, संस्कृत, कृषि, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालयपछि लुम्बिनी बौद्ध विश्वविद्यालय सरकारी स्वामित्वमा पुगेको छ । 

जनस्तरबाट सञ्चालन गर्ने ऐन हुँदा विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारमा जटिलता थपिएको थियो । ऐन संशोधनपछि विश्वविद्यालय विस्तारमा सहज हुने बताइएको छ । अब विश्वविद्यालयले अनुदान नभई अर्थमन्त्रालयबाट माग अनुरुपको बजेट पाउनेछ ।

विश्वविद्यालय बहुविषयमा समेत गएको छ । यसलाई बुहविषयमा लैजाने र नलैजाने विषयमा विवाद रहँदै आएको थियो । अन्ततः प्रतिनिधिसभा र राष्ट्रिय सभाले बहुविषय पढाउन पाउने गरी ऐन संशोधन गरेका छन् । संसोधन ऐन असार ११ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ ।

विश्वविद्यालय ऐनको प्रस्तावनामा यसअघि बौद्ध दर्शन, साहित्य, शिक्षा र सँस्कृतिमात्रै पठनपाठन गर्ने उल्लेख थियो । संशोधनपछि ऐनको प्रास्तावनामा बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिसहित अन्य विषय उल्लेख गरिएको छ ।

रजिष्ट्रार डा. तिलक आचार्यले ऐनले बहुविषयमा अनुमति दिएपनि विश्वविद्यालयको मुख्य प्राथमिकता बौद्ध दर्शनमै रहने बताए । ‘अन्य विषय सञ्चालन भए पनि बौद्ध दर्शनमै आधारित भएर हुनेछन्’ आचार्यले भने–‘बौद्ध विश्वविद्यालय बौद्ध दर्शन, साहित्य र संस्कृतिबाट बिचलित हुनेछैन ।’

विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनीमा बौद्ध दर्शन, साहित्यका विभिन्न संकायहरु अध्यापन हुँदै आएको छ । बुटवलमा ट्राभल एण्ड टुरिजम र कानून विषय पठनपाठन गराइरहेको विश्वविद्यालयले काठमाडौंका ७ क्याम्पसलाई इन्जिनियरिङसहितका विषय पढाउन सम्बन्धन दिएको छ ।

विश्वविद्यालयले बौद्ध दर्शनसँग जोडिएर प्राविधिक र बहुउपयोगी विषयको पठनपाठन गर्ने योजना बनाएको छ ।  ऐन संशोधनपछि विश्वविद्यालयको सभामा प्रदेश सरकारका प्रतिनिधिको समेत सहभागिता हुनेछ ।  प्रदेश ५ का प्रमुख सचिवसहित हरेक प्रदेशबाट एक÷एक जना व्यक्ति सभामा सदस्य रहने भएका छन् । 

ऐन संशोधनपछि छात्रृत्ति दिने वाटो समेत खुलेको छ । अन्य सरकारी विश्वविद्यालयमा जस्तै बौद्ध विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने रजिष्ट्रार आचार्यले जानकारी दिए ।

पाँच वर्षअघिसम्म काठमाडौंकै एउटा कोठामा सीमित रहेको बौद्ध विश्वविद्यालयका पदाधिकारी अहिले लुम्बिनीमै बस्दै आएका छन् । लुम्बिनीमा छात्राबास, अनुसन्धान केन्द्र, पदाधिकारी आवास, शिक्षक आवासगृहसहितका आधा दर्जन संरचना तयार भएका छन् । पछिल्लो तीन वर्षयता बौद्ध विश्वविद्यालय देखिने स्थितिमा आएको हो ।

विश्वविद्यालयलाई कपिलवस्तुको तिलौराकोट र रुपन्देहीको देवदहमा विस्तार गर्ने योजना बनाइएको छ । रजिष्ट्रार आचार्यले देवदहमा एक सय विगाहा जमिन प्राप्तिको प्रक्रिया अन्तिम चरणमा रहेको बताए । जग्गा प्राप्तिसँगै पूर्वाधार निर्माण गरी शैक्षिक कार्यक्रम विस्तार गरिने उनले जानकारी दिए । 

बौद्ध विश्वविद्यालय नेपाललाई विश्वमा चिनाउन सक्ने शैक्षिक संस्था रहेकाले सरकारले विशेष ध्यान दिएको रजिष्टार आचार्यले बताए । विश्वविद्यालयको लुम्बिनी स्थित केन्द्रीय क्याम्पसमा विदेशी विद्यार्थीलाई अध्यापन गराउने योजना रहेको उनको भनाइ छ ।

थेरबाद, महायान, हिमाली बुद्धिज्म, पुरातत्व, संग्रालयसँग सम्बन्धित विषयसहित चिनियाँ, तिब्बती, पाली, संस्कृत भाषाको कक्षा समेत केन्द्रीय क्याम्पसमा हुँदै आएको छ । विद्यावारीधीबाट शुरु भएको पठनपाठन अहिले प्रमाणपत्रतहसम्म रहेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.