बलिउड कलाकार अनुपमकी आमासहित परिवारका चार जना कोरोना संक्रमित
नयाँदिल्ली : बलिउड कलाकार अनुपम खेरकी आमा सहित परिवारका चार जनालाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।
अनुपमकी आमा, भाइ, बाइ बुहारी र भतिजीलाई कोरोना संक्रमण भएको हो । अनुपमले आमा दुलारी, भाइ राजु, बुहारी रिमा र भतिजी वृन्दाको कोभिड-१९ परीक्षणको रिपोर्ट पोजिटिभ देखिएको ट्वीटर मार्फत जानकारी दिएका हुन् ।
अनुपमले ट्वीटरमा लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजू र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ ।'
भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहँदा बलिउडका बादशाह भनेर चिनिने अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई पनि संक्रमण भएको छ । अमिताभ अस्पताल भर्ना भएको केही घण्टामै अनुपमले परिवारका चार जनालाई कोभिड-१९ पोजिटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् ।