ऐश्वर्या रायका आमा-छोरीलाई पनि कोरोना संक्रमण
नयाँदिल्ली : बलिउड अभिनेत्री ऐश्वर्या राय पनि कोरोनाभाइरसबाट संक्रमित भएकी छन् । ऐश्वर्यासँगै उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण भएको छ ।
यसअघि शनिबार नै अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपले जानकारी दिए अनुसार अमिताभको परिवारमा चार जनालाई कोरोना संक्रमण भएको छ ।
ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट आइतबार आएको हो । स्वास्थ्यमन्त्री राजेशले भिडिओ सन्देश मार्फत यसबारे जानकारी दिएका हुन् । यससँगै बलिउडका कलाकार अनुपम खेरको परिवारका पनि चार जनालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । अमिताभको परिवारमा चार जनालाई कोरोना भेटिएको जानकारी सार्वजनिक भएपछि उच्च अधिकारी तथा बलिउडकर्मीहरुले स्वास्थ्यलाभको कामना गरेका छन् ।