कर्णाली करिडोरमा यातायात सुचारु

कर्णाली करिडोरमा यातायात सुचारु

कालिकोट : कर्णाली करिडोरमा यातायात संचालन भएको छ। मान सरोकार यातायात प्रालीद्वारा संचालित जिप संचालनसँगै आइतबारदेखि कर्णाली करिडोरमा यातायात संचालन भएको हो। 

गत चैत ११ गतेबाट भएको लकडाउनसँगै बन्द भएको यातायात सेवा पुन संचालन भएको मानसरोवर यातायात प्रालीका प्रतिनिधि नेत्र बिष्टले जानकारी दिए। उनका अनुसार कर्णाली करिडोरमा लकडाउनका कारण यातायात सेवा बन्द भएको चार महिनापछि आइतबारबाट संचालनमा आएको छ।  

जिल्लाको नरहरीनाथ गाँउपालिकाको लालिघाट बजारदेखि रास्कोट नगरपालिका, पचालझरना गाँउपालिका हुँदै पलाँता गाँउपालिकाको घाटा चौरसम्मको करिब ३२ किलोमिटर सडकमा यातायात संचालन भएको हो। करिडोरको ३२ किलोमिटर सडकमा गाडी गुड्न थालेपछि स्थानीयलाई दैनिक उपभोग्य सामान लिन तथा आवतजावतका लागि सहज भएको छ। लामो समयसम्म लकडाउने यातायात सेवा रोकिंदा यात्रुहरु पैदल हिंड्न बाध्य थिए। यातायातत सेवा जोर बिजोर प्रणालीमा जिल्ला भित्र संचालन गर्न दिने सरकारले गरेको निर्णयसँगै यातायात सेवा संचालनमा छ। 

मान सरोबर यातायात प्रालीका अध्यक्ष हष्तबहादुर बमले पहिलेकै भाडा दरमा नागरिकको सहजताका लागि करिडोरमा यातायात सेवा पुन संचालन गरिएको बताए। उनका अनुसार करिडोरमा जिप संचालन भएपछि कर्णाली पारिका चार स्थानीय तहका नागरिकको हाटबजार जिते बजारसम्म सामान ढुवानी गर्नुका साथै सदरमुकाम आउने मानिसलाई ठुलो राहत हुनेछ। उनले भने, 'यातायात संचालन गर्दा सामाजिक दुरी कायम गरी यात्रुलाई बोकिनेछ। विदेशबाट आउने मानिसका लागि छुट्टै गाडीको व्यवस्था गरिनेछ।' 

हिलाम्मे सडकमा सास्ती 

नेपाली सेनाद्धारा निर्माणाधीन कर्णाली करिडोरमा यातायात संचालन भए पनि हिलाम्मे सडकमा यातायात सेवा सचालन गर्न निकै समस्या हुने गरेको चालकहरुको भनाइ छ । एक चालकले भने, 'नेपाली सेनाको काममा कुनै गुनासो गर्दा ब्यारेकमा बोलाएर थर्काउँछ। सडकको ठाँउ ठाँउमा पहिरो खसेको र बिग्रिंदै गएको हिलाम्मे सडकको सुधार कसैले गर्दैन। सेनाकै मान्छेका गाडी र ट्रकहरु संचालन भइरहेका छन्।'

सडकको बिग्रिएका भाग सुधार नगर्दा यातायात संचालन गर्न सास्ती खेप्नु परेको उनको भनाइ छ। ‘कर्णाली करिडारका लालिघाट, रेगिल, कोट, आम्ताडा, शान्निगाड, भात्तडी, फुगाड, बग्र लगायतका दर्जनौं ठाउँमा सडक बिग्रिएको छ। सडकमै रोपाइँ गर्न मिल्छ।  त्यहाँ दुई पांग्रेदेखि चार पांग्रेसम्मका सबै सवारी साधनलाई आवतजावत गर्न समस्या छ।’
   
नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको ‘नर्थ साउथ ग्रोथ एक्सिस’कर्णाली करिडोरको कालिकोट खण्ड ४० किलोमिटर, बाजुरा खण्ड  ४३ किलोमिटर र हुम्लामा १ सय १३ किलो मिटर गरी जम्मा १ सय ७४ किलोमिटर छ। त्यसमध्ये ५१ किलोमिटर सडक विभाग र १ सय २३ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ। २०५७ सालबाट निर्माण थालिएको उक्त सडकको १५ वर्षसम्म पनि निर्माण कार्यले गति लिन नसेकेपछि यहाँका स्थानीयबासीको माग अनुसार २०७१ साल चैत्र ९ गते नेपाली सेनालाई कर्णाली करिडोर निर्माण गर्ने जिम्मा दिइएको थियो। करिडोर निर्माणको जिम्मा लिएको करिब ५ वर्षमा ठुला चट्टान छिचोल्दै एक सय किलोमिटर सडकमा गाडी गुडाइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.