गाई चराएको निहुँमा काकाको हत्या

गाई चराएको निहुँमा काकाको हत्या

पोखरा : सामान्य झगडाको झोंकमा कास्कीको मादी गाउँपालिका ४ का ५५ वर्षे नवराज सापकोटाले काका नाताका ८० वर्षे पीताम्बर सापकोटाको ज्यान लिएका छन्। आफ्नो खरबारीमा गाई नचराउन पीताम्बरले गरेको आग्रहलाई नवराजले कलहको निउ बनाएका थिए। 

शनिबार दिउँसोको त्यत्ति निहुँमा झोक्किएका नवराजले साँझ रक्सीले मात्तिँदै काका पीताम्बरमाथि खुकुरी हानेका थिए। दिउँसोसम्म तेरो छोरालाई सिध्याइदिन्छु भन्ने धम्की नवराजले दिएको स्थानीय बताउँछन्। साँझ पनि उनी पीताम्बरका छोरालाई ताक्दै उनको घर पुगेका थिए। ‘तर छोराले ढोका लगाएर आफ्नो कोठामा पसेछन्’, एक स्थानीयले भने, ‘उता भान्छामा भात खाइरहेका बाबुको घाँटीमै खुकुरीले छप्काएछन्।’ 

कास्कीको मादी गाउँपालिका ४ सृष्टिटोलमा ८० वर्षीय पीताम्बरलाई हत्यार गरेको अभियोगमा ५५ वर्षीय नवराजलाई कास्की प्रहरीले आइतबार पक्रेको छ। 

पोखरातिर आइरहँदा प्रहरीसँगै जम्काभेट भएका नवराजले आफू आत्मसमर्पण गर्न आएको बताएका थिए। ‘मैले रिसको झोंकमा हानेर मान्छे मारेँ, अब प्रहरीकहाँ पुग्छु भनेरै आएको हुँ’, उनले प्रहरीसँग भनेका थिए। उनले मोबाइलसमेत घरमै छाडेका हिँडेका थिए। 

भान्सामा खाना खाइरहेका पीताम्बर खुकुरी हानेका नवराजले पीताम्बरका भाइ ७७ वर्षे केशवराज सापकोटालाई पनि घाइते बनाएका छन्। उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। खुकुरीको चोटले उनको टाउकोमा घाउ भएको छ। रक्सीले मत्तु नवराज अरु बेला पनि अव्यावहारिक रहेको गाउँले सुनाउँछन्। हेटौंडातिर शिक्षण गर्दै आएको बताए पनि उनका गतिविधिबारे गाउँले बेखबरै थिए। 

पीताम्बर र नवराज काका भतिज पर्छन्। घर पनि नजिकै छ। नवराजलाई कास्की प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने जानकारी कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले आइतबार जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.