भाग्यमानी ब्रिटनी
हलिउड : अभिनेत्री ब्रिटनी स्नोले मार्चमा टेलर स्टैनल्यान्डसँग विवाह गरेकी थिइन् । कोभिड— १९ महामारीको कारण लागू गरिएको प्रतिबन्धभन्दा पहिले विवाहबन्धनमा बाँधिन पाएकोमा उनले आफूलाई भाग्यमानी ठानेकी छन् ।
फिमेल फस्र्ट डट को डट यूकेको रिपोर्टअनुसार उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘मार्च महिनाको सुरुआतमा हामीले विवाह गर्यौं । एक अर्कालाई मिस गरेको अनुभव गर्नुभन्दा पहिले नै आफूलाई मन परेको व्यक्तिसँग विवाह गर्न पाइयो । योभन्दा खुसीको कुरा के हुन्छ । यसको केही दिनपछि पूरा विश्वमा प्रतिबन्ध लगाइयो । यो देखेर हामी निकै स्तब्ध भयौं ।’
उनी भन्छिन्, ‘एकअर्कालाई पाएर हामी आफूलाई भाग्यमानी ठान्छौं तर हामीले बिल्कुल सोचेका थिएनौं कि हामी यति भाग्यमानी छौं जो इतिहासको यो सम्झिरहने दिनभन्दा पहिले नै हामीले विवाह गर्न पायौं ।’ आफ्नो यो पोस्टसँगै ब्रिटनीले विवाहका तस्बिर पनि सेयर गरेकी छन् । -एजेन्सी