बलात्कारमा पनि मिलापत्र :  चार वर्षमा ३७ जना बलात्कृत

बलात्कारमा पनि मिलापत्र :  चार वर्षमा ३७ जना बलात्कृत

रोल्पा : रोल्पामा कतिपय बलात्कारका घटनालाई मिलापत्रमा टुंग्याउने गरिएपनि पछिल्लो समयमा उजुरी संख्या बद्ढै गएको छ । एकाध बलात्कारका घटनाबारे प्रहरीलाई कुनै सुईको नदिएर गाउँमै गुपचुपमा मिलापत्र गरिएपनि चार वर्षयता प्रहरीमा ३७ वटा बलात्कार घटना उजुरीका रुपमा आएका छन् ।

जिल्लाको पश्चिमी माडी गाउँपालिकाको एक गाउँमा गत वर्ष एक बालिका बलात्कारमा परिन् । घटनालाई गाउँमै पैसामा मिलाउने प्रयास भयो । पैसाको लेनदेनमा कुरा नमिलेपछि अन्ततः घटना मुद्दामा परिणत भयो । २०७६ जेठ २८ गते त्रिवेणी गाउँपालिका-७ को एक गाउँकी २८ महिने बालिका माथि जबरजस्ती करणी भयो । बलात्कार गरेको आरोपमा ३२ वर्षीय नातेदार एक पुरुष पक्राउ परे । आरोपितलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जनाए ।

प्रहरी कार्यालयको मुद्दा शाखाका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को असार २३ गतेसम्म १४ वटा बलात्कारका घटना दर्ता भएका छन् । जबरजस्ती करणी उद्योगको एउटा घटना दर्ता भएको छ । गत आवको तुलनामा यो आवमा बलात्कारका घटना वृद्धि भएको छ । गत आर्थिक वर्ष (२०७५/०७६) मा ८ वटा बलात्कार घटना र जबरजस्ती करणी उद्योगको एउटा घटना दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७२/०७३ मा बलात्कारको उजुरी २ र जबरजस्ती करणी उद्योगको घटना १ मात्र थियो । आव २०७३÷०७४ मा बलात्कारका घटना ८ र जबरजस्ती करणी उद्योगका ३ घटना प्रहरीकोमा पुगे । आव २०७४/०७५ मा ५ वटा बलात्कार र ३ वटा जबरजस्ती करणी उद्योगको मुद्दा दायर भएको छ । आव २०७२/०७३ यता मात्र बलात्कारका ३७ र जबरजस्ती करणी उद्योगका घटना ९ पुगेका छन् ।

बालिकादेखि परिपक्क महिला समेत बलात्कारमा पर्ने गरेका छन् । उत्तरी कुरेलीमा गतवर्ष एक युवतीमाथि सामुहिक बलात्कार भएको थियो । बलात्कारपछि हत्याको तहमा घटना नभएपनि घटनाबारे कसैलाई नभन्न पीडितलाई धम्काउने, डर र त्रास खडा गर्ने गरिएको पाईएको छ । ‘कतिपय बलात्कारका घटनामा बलात्कारीलाई पैसा तिराएर छाडिएको समेत सुन्नमा आउँछ ।'गाउँका एक सामाजिक अगुवाले भने, 'पीडित महिला विवाहित रहिछन् भने बलात्कारीबाट असुलेको पैसा पतीले राखेर पत्नीलाई घरबाट निकाला गरेको समेत पाइन्छ ।'

मदिरा सेवन पश्चात् बलात्कारका घटना भएका उदारहण पनि रहेको प्रहरीले जनाएको छ । बलात्कारका घटनाबारे गाउँमै कचहरी भइ छलफल हुने र ढिला उजुरी आउने गरेका कारण घटनाबारे विस्तृत अनुसन्धानमा वाधा पुग्छ  । जसका कारण कतिपय घटनामा प्रमाण लोप हुने अवस्था समेत हुन्छन् । 

बलात्कार र जबरजस्ती करणी उद्योगका घटना न्यूनिकरणका लागि व्यापक जनचेतना फैलाउन आवश्यक रहेको छ । उजुरी गर्ने संस्कृतिको निर्माणले दोषीले सजाय पाइ दण्डहिनताको अन्त्य हुन सघाउने छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.