गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

अछाम : अछाममा गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।पञ्चदेव बिनायक नगरपालिका- ८ बारलाकी २१ वर्षीया रमना विकको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल मंगलसेनमा ल्याए पनि उपचार सम्भव नभएपछि रेफर गरिएको हो । सुत्केरी व्यथा लागेको र शरीर काप्नेलगायत अन्य स्वास्थ समस्या देखिएपछि रमनालाई थप उपचारका लागि सुर्खेत लगिएको प्रजिअ पुण्य विक्रम पौडेले बताए ।

जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला अस्पताल अछामको पहलमा सुदूरपश्चिम सामाजिक विकास मन्त्रालय कैलालीको आर्थिक सहयोगमा मध्यपश्चिम पृतना हेटक्वाटर सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको उनले बताए । कोरोनाको कहर र लकडाउनको यो चार महिनाको अवधिमा जिल्लामा ५ जना सुत्केरी तथा गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको प्रजिअ पौडेलले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.