अछाममा २५८ जनाले कोरोना जिते
![अछाममा २५८ जनाले कोरोना जिते](https://annapurnapost.prixacdn.net/media/albums/coronavirus-image_20200624122620_v2pya5gf4R.jpg)
अछाम : अछाममा २ सय ५८ जनाले कोरोना जितेका छन्। स्वास्थ कार्यालय अछामका अनुसार सोमबारसम्म २ सय ५८ जनाले कोरोना जितेका हुन्।
ढकारी गाउँपालिकामा आज एक जना संक्रमित थपिएसँगै अछाममा कोरोना संक्रमितको संख्या ६ सय ९ पुगेको छ। साँफेबगर नगरपालिकामा १ सय ५२ जना कोरोना संक्रमित रहेकोमा ७१ जनालाई कोरोना निको भएको छ। रामारोशन गाउँपालिकामा १ सय ४ जना संक्रमित रहेकोमा २ जनालाई कोरोना निको भएको छ भने एक जनाको मृत्यु भइसकेको छ।
मेल्लेख गाउँपालिकामा १ सय १ जना संक्रमितमध्ये ६४ जनाले कोरोनालाई जितेका छन्। मंगलसेन नगरपालिकामा ६९ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ३५, चौरपाटी गाउँपालिकामा ५१ जना संक्रमित रहेकोमा ४९ जना निको भएर घर फर्किएका छन्। ढकारी गाउँपालिका २९ जना सक्रमितमध्ये २८ जनालाई कोरोना निको भएको छ। कमलबजार नगरपालिकाका २५ जना निको भएका छन्। पञ्चदेवल बिनायक नगरपालिकाका ३, तुर्माखादका १ जनाले कोरोना जित्न सफल भएका स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए।
अछाममा कम उमेरका बढी कोरोना संक्रमित
अछाममा सबैभन्दा बढी १५ देखि २५ वर्ष उमेर समुहका व्यक्तिमा कारोना संक्रमण देखिएको छ। स्वास्थ कार्यालय अछामको तथांक अनुसार जिल्लामा हालसम्म यो उमेर समुहका २१६ जना संक्रमित रहेका छन्। त्यसैगरी २५ देखि ३५ उमेरका १ सय ९६ जना, ३५ देखि ४५ उमेरका ७७, ४५ देखि ५५ उमरेका ३३, ५ वर्षका ३२ जना, ५ देखि १० वर्ष उमेरका २०, ५५ देखि ६५ वर्ष उमेरका १५, १० देखि १५ वर्षका १४ र सबैभन्दा कम ६५ वर्षमाथिका ४ जना संक्रमित रहेका स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)