एल्भिसका नातिको निधन
लस एन्जलस : एल्बिस प्रेस्लेका नाति र लिसा मेरी प्रेस्लेका छोरा बेन्जामिन स्टर्म केओको निधन भएको छ। उनी २७ वर्षका थिए। केओको मृत्यु क्यालिफोर्नियाको कैलाबसासमा भएको हो। डेडलाइन डट कमले टीएमजेडलाई उदृत गर्दै लेखेको छ, ‘केओको मृत्यु आफैंले आफूलाई हानेको गालीबाट भएको हो।’
लिसा मेरीका प्रतिनिधि रोजर विडिनस्कीले केओको निधनबारे एक वक्तव्य जारी गरेकी छन्। उनले भनिन्, ‘उनी पूरै हतोत्साहित र धेरै दुःखमा थिए। आफ्ना ११ वर्षका जुम्ल्याहा बच्चा र जेठी छोरी रिलेका लागि मजबूत बन्ने प्रयासमा थिए।’ केओकी बहिनी अभिनेत्री रिले केओ र उनका पिता संगीतकार डैनी केओ हुन्। डैनी र लिसाका १९९४ मा तलाक भएको थियो। २०१९ मा लिसाले परिवारको एउटा तस्बिर ट्विट गरिन् जसमा केओ पनि थिए।
१९६८ मा फिल्म स्पिडवेमा एल्भिससँग अभिनय गरेकी नैन्सी सिनात्राले लिसाका लागि समवेदना व्यक्त गर्दै ट्विट गरेकी छन्। उनले लेखेकी छन्, ‘म तपाईंलाई त्यतिबेलादेखि चिन्छु जतिबेला तपाईंकी आमाले तपाईंलाई जन्म दिनुभएको थियो। कल्यियै सपनामा पनि सोचेको थिइन कि तपाईंको जीवनमा यस्तो दुःख आउला। मलाई बहुत दुःख लागेको छ।’