रिबेलले घटाइन् १८ किलो वजन
सिडनी : अभिनेत्री रिबेल विल्सन ६ महिनाम धेरै वजन घटाएर सबैलाई प्रेरित गरेकी छन्। उनले आफ्नो वजन घटाउनुको रहस्य पनि सार्वजनिक गरेकी छन्। ४० वर्षीय अस्ट्रेलियाई अभिनेत्रीले काम गर्ने समयको बारेमा पनि बताएकी छन्।उने भनिन्, ‘अहिले धेरै टीभी सो र फिल्म बन्द भएका छन्। त्यसैले म जे गरिरहेको थिएँ ती सबै ढिलो भइरहेको थियो। म प्रत्येक दिन व्यायाम गरिरहेकी छु। आउटडोर काम गरिरहेकी छु। सिडनी ओपेरा हाउसको सिँढीमा तल माथि गरिरहेकी छु।’ रिबेलले पसिना बगाउन जुनसुकै काम गर्न पनि पछि नपरेको बताएकी छन्। वर्षको सुरुवातदेखि अहिलेसम्ममा उनले १८ किलो वजन घटाएकी छन्।