यातायात कार्यालयमा सेवाग्राहीको भीड : कोरोना संक्रमणको जोखिम उच्च

यातायात कार्यालयमा सेवाग्राहीको भीड : कोरोना संक्रमणको जोखिम उच्च

बर्दिबास : कोरोना भाइरसको जोखिम कम भएको छैन। भीडभाडमा बस्नु हुँदैन भन्दै सरकारले नागरिकलाई सचेत गराइरहेको छ। तर, महोत्तरीको बर्दिबासस्थित यातायात व्यवस्था सेवा कार्यालयमा भने सेवाग्राहीको घुइँचो लागेको छ। 

कार्यालयमा लकडाउनअघिको समयमा जति नै मानिस आएका छन् । केहीका मुखमा माक्स छन्। शारीरिक दुरी छँदै छैन। कर तिर्न सेवाग्रा कार्यालयको झ्यालदेखि सडकसम्म लामबद्ध छन्। लकडाउनले तीन महिना बन्द भएपछि कर तिर्न सेवाग्राही कार्यालय पुगेसँगै भीड छ। असार मसान्त सकिन लाग्दा यातायात व्यव्यसायी र सेवाग्री थप फाइन तिर्न नपरोस् भन्दै कर तिर्न कार्यालय पुगेका हुन्।

सरकारी कार्यालयमा सेवा त सुरु भयो तर व्यवस्थापनमा कमजोरी हुँदा कोरोना संक्रमणको जोखिम बढेको सेवाग्राही हर्क विकले बताए। कर तिर्ने समय बढाउनु पर्ने उनको भनाइ छ। चैत्र मसान्तमै तिर्नु पर्ने कर बन्दले गर्दा तिर्न सकेनन्। असार मसान्तसम्म तिर्न सरकारले मिति तय गरेसँगै कार्यालयमा सेवाग्राहीको भीड थामिनसक्नु भएको हो।

कार्यालय प्रमुख पोषण थापा भन्छन्,‘सर्भर ढिलो चल्दा ३ मिनेटमा हुँदै आएको काम १० मिनेटमा मुश्किलले हुन्छ। ’ एकतिर कर तिर्नेको भीड छ अर्को तिर नेट द्रुत गतिमा नचल्दा कार्यालयमा सेवा ग्राहीको भीड बढेर समस्या परेको उनले बताए।

महोत्तरी, सिन्धुली, सर्लाही, धनुषा गरी चार जिल्लाका  एक हजार सेवाग्राही दैकिन कर तिर्न यातायात व्यवस्था सेवा कार्यालय बर्दिबास आउने गरेका छन्। दैनिक १८–२० लाख रुपैयाँ कर संकलन हुने कार्यालयमा कोरोना भइरससँग बच्न ध्यान दिइएको छैन। कार्यालय परिसरमा हात धुन साबुनपानी र सेनिटाइजरको व्यवस्थान गरिएको छ तर भीडले कोरोना संक्रमण फैलाउने खतरा भने बढ्दो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.