रोकियो चिनियाँ व्यापार मेला

रोकियो चिनियाँ व्यापार मेला

जोमसोम : समुद्री सतहदेखि करिब ५ हजार मिटर उचाइको कोरलामा सञ्चालन हुने चिनियाँ अन्तरदेशीय व्यापार मेला यो वर्ष स्थगित भएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वा राज्यले कोरलाको करिब ५ किमि तिब्बती भूमिमा बर्सेनि असार र भदौ महिनामा नेपाल र चीनबीच अन्तरदेशीय मेला आयोजना गथ्र्यो। यो वर्ष कोरोना माहामारीको कारण देखाउँदै मेला स्थगित गरिएको छ।

गत वर्ष असार पहिलो साता र चालु वर्ष गत असोजमा कोरला नाकामा मेला सञ्चालन भएको थियो। चीनको तिब्बत पक्षले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीय बासिन्दालाई लक्ष्य गर्दै कोरलापासमा अन्तरदेशीय मेला सञ्चालन गर्दै आइरहेको छ। चिनियाँ पक्षको प्रस्ताव र नेपाल पक्षको आपसी सहमतिबाट व्यापार मेला तय हुने गथ्र्यो। लोमान्थाङ—४ छोसेरस्थित नेचुङ भन्सार कार्यालयका प्रमुख यादवराज पहाडीले चालु वर्षको दोस्रो तथा अन्तिम कोरला व्यापार मेला कोरोना कहरले रोकिएको जानकारी दिए। उनले कोरलानाकामा बर्सेनि दुईपटक मेला लाग्ने र त्यो एक सातादेखि दुई सातासम्म चल्ने गरेको जानकारी दिए।।

कोरोलानाकाको चिनियाँ भूमि र नेपाली भूमिमा दुई देशबीच पुस्तौदेखि आपसी सहमतिमा आलोपालो व्यापार मेला हुने गरेको थियो। तर पछिल्लो एक दशकदेखि चिनियाँ पक्षले सुरक्षाका कारण देखाउँदै आफ्नै भूमिी मेला सञ्चालन गर्दै आइरहेको छ। उपल्लो मुस्ताङ र तिब्बतका केही स्थानीयबीच पारिवारिक सम्बन्ध जोडिएकाले व्यापार मेलाको प्रचलनसँगै वैवाहिक सम्बन्ध पनि छ। व्यापार मेलामा नेपाल पक्षले निर्माण सामग्री, खाद्यान्न, विद्युतीय उपकरण र लत्ताकपडालगायत खरिद र पस्मिना र यार्सा गुम्बालगायत जटीबुटी निर्यात गर्ने गर्छन्।

कोरोना भाइरसले सिर्जित लकडाउन र बन्दाबन्दीका कारण चालु वर्षको दोस्रो व्यापार मेला स्थिगित गर्नु परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए। ‘दुवै देशबीच व्यापार मेला सम्बन्धमा छलफल भएको छ। अहिले चाहेर पनि मेला सञ्चालन गर्ने अवस्था छैन’, प्रजिअ अर्यालले भने ‘ कोरलामा खटिएका सुरक्षा अधिकारीसँग समन्वय भएको छ,कोरोना माहामारी साम्य भएपछि व्यापार मेला तथा काउन्टरपार्ट सम्बन्धी बैठक बस्ने सहमति भएको छ।’

चालु वर्ष लोमान्थाङस्थित नेचुङ भन्सा कार्यालयले भदौ र असारमा लाग्ने व्यापार मेलाबाट १६ लाख ८८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। तर त्यो राजस्व उठ्ने सम्भावना छैन। चालु वर्षको पहिलो मेलामा कुल लक्ष्यको ३५ प्रतिशत अर्थात् ५ लाख ६१ हजार राजस्व उठेको नेचुङ भन्सार प्रमुख यादवराज पहाडीले बताए।

नेचुङ भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा कुल अनुमानित १२ लाख ५० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। यसको पहिलो व्यापार मेला भदौमा ७ लाख ६० हजार र दोस्रो व्यापार मेला असारमा ७ लाख २६ हजार राजस्व संकलन भएको थियो। त्यो समय भन्सार लक्ष्यभन्दा २ लाख ३६ हजार बढी राजस्व उठेको भन्सार प्रमुख पहाडीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.