लमजुङमा ४४ जनाले जिते कोरना
बेंसीसहर : लमजुङमा कोरोना संक्रमित निको हुने दर बढ्न थालेको छ। हालसम्म ६४ जनामा संक्रमण देखिएकोमा ४४ जना निको भएर घर फर्किएका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार ७ महिला र ३७ पुरुष गरी ४४ जना संक्रमित निको भएका छन् भने संक्रमित २० पुरुषको आइसोलेनमा उपचार भइरहेको छ। पीसीआर परीक्षण गरिएका नयाँ ७६ जना र पुनपरीक्षणका लागि पठाइएका १८ जनाको रिपोर्ट आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले जानकारी दिए।
गर्मी बढेसँगै लमजुङमा एक जनामा डेङ्गु रोग देखा परेको छ। क्व्होलासोँथार गाउँपालिका वडा नं २ मालिङ घर भइ हाल बेंसीसहर–७ मा बसोबास गर्ने २९ वर्षीया महिलामा डेङ्गु रोग देखा परेको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए। बिरामीको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।