बलात्कार आरोपमा बावु-छोरा पक्राउ

बलात्कार आरोपमा बावु-छोरा पक्राउ

बैतडी  : बैतडीमा बुवाले आफ्नै छोरी र छोराले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ की ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुवा पक्राउ परेका छन् । मंगलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए। 

उनले बालिकाको शरीरमा पनि निलडाम भएको पाइएको र बेलाबेलामा कराउने र भागेर छिमेकीको शरणमा आउने गरेकाले बुवाले पटकपटक बलात्कार गरेको खुल्न आएको हो। ती बालिकाकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । उनले भने, 'श्रीमतीको मृत्यु भइसकेपछि छोरीलाई मादकपदार्थ सेवन गरी पटकपटक जबरजस्ती गर्ने गरेको रहेछ, मंगलबार पनि जबरजस्ती गर्न खोज्दा छोरी भागेको र सोधपुछ गर्दा बलात्कार गरेको खुल्न आएकाले प्रहरीलाई बुझाएका हौं।' 

पक्राउ परेका ती व्यक्तिलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा ल्याइदै गरेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । 

 
यस्तै जिल्लाको पुर्चौडी नगरपालिका १० मा आफ्नै आमालाई जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ३२ वर्षीय छोराले ६१ वर्षीय आमालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मंगलबार घरमै जबरजस्तीकरणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्तीकरणी गरी नुवान नामक विषादी सेवन गरेको अवस्थामा ती युवक फेला परेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जैसीले बताए । 

आमालाई बलात्कार गरी विषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.