स्याङ्जामा करदाता सेवा कार्यालय

स्याङ्जामा करदाता सेवा कार्यालय

स्याङ्जा : आर्थिक वर्षको पहिलो दिनदेखि स्याङ्जामा करदाता सेवा शुभारम्भ भएको छ । कार्यालय स्थापनाको निर्णय भएको ८ महिनापछि कार्यालयले बिहीबारदेखि सेवा सुरु गरेको हो । पुस महिनामा कार्यालय स्थापनाको निर्णय भएपनि कार्यालय व्यवस्थापनको तयारी गर्दागर्दै लकडाउन सुरु भएपछि सेवा सुचारुमा ढिलाइ भएको थियो।

ढिलै भएपनि स्याङजा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ मा स्थापित कार्यालयले जिल्लाबासीलाई भने सुविधा पुग्ने करदाताको अपेक्षा छ । आन्त्रिक राजश्व बिभाग अन्र्तगत रहेको कार्यालयको औपचारिक उदघाटन भएको छैन । आर्थिक वर्षको पहिलो दिनबाटै सेवा शुभारम्भ गरेको कार्यालय प्रमुख कर्मसिंह लामाले बताए ।

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोखरेल, स्याङजाका कार्यालय प्रमुख लामाले स्याङजाका पहिलो सेवाग्राही राम्चेदेवी तथा शिवानी सप्यालयर्शका प्रोपाइटर नवराज सुवेदीलाई फुलमाया र अविरले स्वागत गर्दै सेवा सुरु भएको उदघोष गरेका हुन्।

यसअघिको, पोखराबाट सेवा लिँदै आएका करदाता आजदेखि भने स्याङजाबाटै सेवा पाउने भएका छन् । कार्यालयबाट नयाँ करदाता दर्ता गर्ने, कर तिर्ने, विवरण राख्ने, अन्तशुल्क कर नविकरण गर्ने, कर चुक्ता गर्ने लगायतका सेवा उपलब्ध हुन्छन् । 

जिल्ला समन्वय समितिको कार्यालयको भवनमा रहनेगरी कार्यालय स्थापना गरिएको छ । स्याङजामा १२ हजार करदाता रहेको कार्यालय प्रमुख लामाको भनाइ छ । करदाताले  व्यवसाय अर्थात सेवा अनुरुप मासिक, चौमासिक, वार्षिक रुपमा कर बुझाउन सक्नेछन्।

कार्यालयमा एक प्रमुख सहित, डाटा इन्ट्री सुपरभाइजर एक जना, नायब सुब्बा २ जना र सवारी चालक र कार्यालय सहयोगी एक/एक जनाको दरबन्दी छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.