रोल्पाका धबाङ र गुरुङगाउँ सिल

रोल्पाका धबाङ र गुरुङगाउँ सिल

रोल्पा : समुदाय स्तरमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भएपछि रोल्पाको धबाङ र गुरुङ गाउँ शनिबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ। रोल्पा नगरपालिकाको वडा नं. १० र ४ का १३ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि गाउँ सिलसँगै सदरमुकाम लिबाङ र आसपासका बजारमा पूर्ण लकडाउन गरिने भएको हो। 

गुरुङ गाउँको क्वारेन्टाइनमा बसेका युवा पीसीआर परीक्षण रिपोर्ट नआउँदै गाउँ पुगेको र नजिकको लिबाङमासमेत डुलेको पाइएको छ। उनको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि गाउँ र बजारमा त्रास फैलिएको छ। धबाङमा एकैदिन १२ र गुरुङ गाउँमा १ गरी १३ जनामा कोरोना संक्रमण देखिएपछि गाउँ सिल र बजार लकडाउन गर्ने जिल्ला कोभिड संकट व्यवस्थापन (डिसीसीएमसी) ले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानामगरले जनाए। 

जिल्ला प्रशासन कार्यालयले जरुरी सूचना सार्वजनिक गरेर गाउँ सिल गरिएको जनाएको छ। सिल गरिएको धबाङमा साना ठूला गरी करिव एक दर्जन गाउँ छन्। कोरोना संक्रमित पुष्टि भएका भारतको नयाँ दिल्ली र ब्याङ्लोरबाट आएको रोल्पा नगरपालिका वडा नं. १० का वडा सदस्य शेरबहादुर थापाले जनाए। जिल्ला प्रशासन कार्यालयले जरुरी कामबाहेक घरबाट ननिस्कन र निस्कनै परेमा अनिवार्य मास्क प्रयोग गर्न भनेको छ। 

सूचनामा साउन ४ गते बेलुका ६ बजेबाट नगरपालिकाको वडा नं. १,२,३ र ४ का बजार क्षेत्रलाई लकडाउन गरिने उल्लेख छ। कोरोना संक्रमित रहेको दुवै गाउँ सदरमुकाम लिबाङ आसापासका हुन्।  

क्वारेन्टाइन व्यवस्थापन र नियमनमा लापरवाही भएको गुनासो आएको छ। डिसीसीएमसीले नगरप्रमुख र संक्रमित देखिएका वडाका अध्यक्ष सहितलाई आमन्त्रण गरेर संक्रमित समुदायमा घुलमिल भएको अवस्थाको विश्लेषण गरेको छ। संक्रमित समुदायमा पुगेर भेटघाट गरिएका व्यक्तिको पनि स्वाब संकलन गरी पीसीआर जाँच गरिने भएको छ। 

नगरपालिकाले आकस्मिक बैठक बसी गाउँ सिल गर्ने निर्णय गरेको छ। मजदुरीमा भारत पुगेर धबाङ गाउँ फर्किएका ४५ जनामध्ये २३ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो। २२ जनाको पीसीआर हुँदैछ। कोरोना भाइरसको महामारी नियन्त्रणमा जिल्लामा पछिल्लो समय लापरवाही देखिएको जनगुनासो सुनिन थालेको छ। कम मात्रामा परीक्षण भए पनि जिल्लामा हालसम्म ६६ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये प्रायः सबै भारतबाट आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.