डोल्पा मुड्केचुलाका सय जनाको पीसीआर रिपोर्ट नेगेटिभ
डोल्पा : डोल्पाको मुड्केचुला गाउँपालिकाका सयजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मुड्केचुला गाउँपालिका ६ का २३ वर्षीय युवायुवासहित अन्य सयजनाको रिपोर्ट नेगेटिभ आएको हो । उनलाई असार २५ गते कोरोना पुष्टि भएको थियो।
काठमाडौंबाट घर आएका ती २३ वर्षीय युवामा कोरोना पोजिटिभ देखिएपछि संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य सयजनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।
जिल्लामा कुल ४ जना मात्रै संक्रमित रहेको र जसमध्ये एकजनाको मृत्यु भइसकेको छ। अन्य ३ जना निको भएर घर फर्किसकेका छन्।सबैजना कोरोनामुक्त भएपछि डोल्पा जिल्ला कोरोना फ्री भएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले दावी गरे । अब जिल्लामा पीसीआर परीक्षणको दायरा बढाउने प्रजिअ सुनारले जानकारी दिए ।