बाल विवाह आरोपमा बेहुलासहित ५ जना पक्राउ

बाल विवाह आरोपमा बेहुलासहित ५ जना पक्राउ

स्याङ्जा : बाल विवाह आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका-१ का २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया बालिकासँग बिहे गरेको उजुरीका आधारमा पाँचजनालाई प्रहरीले पक्राउ हो । 

गत असार २१ गते तिवारीले ती बालिकासँग बिहे गरेको भन्दै सोही गाउँपालिका ३ बस्ने केशवराज पौडेललगायतले प्रहरीमा जाहेरी दिएका थिए । 

सोही उजुरीका आधारमा प्रहरीले बेहुला तिवारीसहित दुबैतर्फका बुवा, आमागरी पाँचजनालाई हिरासतमा राखी अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

आरोपित पाँचजनाविरुद्ध 'बाल विवाह' मुद्दा दर्ता गरी जिल्ला अदातलबाट पाँच दिनको म्याद थप भएको प्रहरीको भनाइ छ ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.