मोटरबोट चलाउन सुरक्षाकर्मीलाई तालिम

मोटरबोट चलाउन सुरक्षाकर्मीलाई तालिम

परासी : बाढीमा परेकालाई उद्दार गर्न प्रयोग हुने मोटरबोट चलाउन पश्चिम नवलपरासीका १२ जना सुरक्षाकर्मीलाई प्रशिक्षण दिइएको छ ।  विपद् पूर्वअभ्याससहित उनीहरुलाई प्रशिक्षण दिइएको हो । जिल्लामा बाढीको जोखिम बढी रहेका बेला गृहमन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयलाई २ सेट मोटरबोट उपलब्ध गराइएको हो । मोटर बोट सेटमा १० ÷१० बटा ज्याकेट र हेलमेट छन् ।

मन्त्रालयले मोटरबोट पठाएपनि तालिम प्राप्त जनशक्ति नभएकाले सुरक्षाकर्मीहरुलाई मोटरबोट चलाउने बारे प्रशिक्षण दिइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ४÷४ जनालाई प्रशिक्षण दिइएको हो । अहिले बाढीको जोखिम बढी रहेकाले तालिम प्राप्त सुरक्षाकर्मीसहित मोटरबोट तयारी अवस्थामा राखिएको प्रजिअ पाठकले बताए । मोटरबोट नहुँदा जिल्लाका विभिन्न स्थानमा बाढीमा फसेकालाई उद्दार गर्न कठिनाई हुँदै आएको थियो । 

यसैबीच बाढीका कारण सोमबारसम्म प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाका १० घर परिवार विस्थापित भएका छन् । स्थानीय खोलाकाहरुका कारण विस्थापित भएकाहरुलाई गाउँपालिकाले खाना र स्कुलहरुमा बसोबासको व्यवस्था गरेको प्रजिअ पाठकले बताए ।

त्यसैगरी नारायणी नदी (गण्डक बाँधं) को सतह पनि बढ्दै गएको छ । सोमबार दिउँसोसम्म पानीको सतह १०.७५ मिटर पुगेको छ । ११ मिटर भन्दा बढी पानीको सतह पुगेपछि खतराको संकेत मानिन्छ । पानीको सतह बढ्ने संभावना रहेकाले त्यस क्षेत्रका स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । नारायणी नदीसँगै स्थानीय झरही, खजुरा र धनेवा खोलाका कारण जिल्लाको दक्षिणभेग डुबानमा पर्दै आउने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.