प्रहरी युवकले नै गरे बालविवाह, ६ जनामाथि मुद्दा

प्रहरी युवकले नै गरे बालविवाह, ६ जनामाथि मुद्दा

स्याङ्जा : प्रहरी पेशामा आवद्ध स्याङ्जा आँधीखोलाका २४ वर्षीय युवक बालविवाहको आरोपमा पक्राउ परेका छन् ।

आँधीखोला गाउँपालिका–१ का नारायण तिवारीले १७ वर्षीया बालिकासँग विवाह गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । सोमबार प्रहरीले तिवारीलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

प्रहरीका अनुसार तिवारीले आँधीखोला–३ १७ वर्षीया बालिकासँग विवाह गरेका थिए । स्थानीयहरुका अनुसार प्लस टू अध्ययनरत केटीका आफन्तले नै बिहेको ११ औं दिनमा उजुरी दिएपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो ।

प्रहरीले बेहुला, बेहुलीसहित दुबैतर्फका आमा, बाबुलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । अहिले उनीहरु ६ जना नै प्रहरी हिरासतमा छन् । दुबैको प्रेम सम्बन्धपछि पारिवारिक सहमतिमै सीमित व्यक्तिको रोहवरमा विवाह सम्पन्न भएको थियो । तर कोरोनाका कारण जारी लकडाउनका बेला धेरैले चाल नै पाएनन् ।

तिवारीसहित आरोपितहरुमाथि थप छानविन गरिरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जनाए । यससँगै बालविवाहका आरोपित तिवारी जागिरबाट निलम्बनमा परेका छन् । विवाह गर्न कानूनी रुपमा युवती कम्तिमा २० वर्ष र युवक २२ वर्ष हुनुपर्ने प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.