दार्चुलामा पहिरोले पुरिएर दुई जनाको मृत्यु, दर्जनौं बस्ती जोखिममा

दार्चुलामा पहिरोले पुरिएर दुई जनाको मृत्यु, दर्जनौं बस्ती जोखिममा

दार्चुला : आइतबार राति आएको अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। दार्चुलाको नौगाड गाउँपालिका ६ परिगाउँको खोलामा आएको बाढीले ल्याएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 
 

राति घरमाथिबाट आएको पहिरोमा पुरिएर नौगाड गाउँपालिका ६ परिगाउँकी ४२ वर्षीया मानमती ठगुन्ना र ५ वर्षीया बालिका पारभती ठगुन्नाको मुत्यु भएको हो। पहिरोमा पुरिएर मानमतीका आफन्त मोहना ठगुन्ना गम्भीर घाइते भएको र अन्य एक जना स्थानीय समान्य घाइते भएको नौगाड गाउँपालिकाका स्थानीय हरकसिंह धामीले जानकारी दिए। 

उक्त खोला किनारमा बसेका परिवारका १० वटा घर र एक विद्यालय, कुखुरा फार्म बगाएको छ भने परिगाउँका स्थानीयका ८३ बाख्रा २५ गोरु, ११ गाई, २ घोडा खच्चड लगायतका पशु चौपाया पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए। 

खारखोलामा पनि पहिरो 

त्यस्तै जिल्लाको नौगाड गाउँपालिका ३ खार खोलामा आएको बाढीले आनसिंह ठगुन्ना, जोगी धामी र रमेशसिंह ठगुन्नाको पसल बगाएको नौगाड गाउँ पालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताए। उनले भने, 'खार खोलाले १० वटा पानी घट्ट, चार  वटा आरसीसी पुल, चार वटा काठे पुल, एउटा खेल मैदान, एक माछा पोखरी एक फर्निचर र खार लघुजलविद्युतको मुहानमा पूर्ण क्षति पुगाएको छ। खार लघुविद्युत आयोजनाको दुई विद्युत घर जोखिममा रहेका छन्। राती आएको बाढी पहिरोले स्थानीयका सयौं रोपनी खेतीबारी पहिरोमा परेका छन्।

यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका १, २ र ३ नम्बर वडाका विभिन्न संरचनामा क्षति पुर्‍याएको छ। लास्कु खोलाका ४ आरसीसी पुल, ६ घट्ट, स्थानीयका ११ बाख्रा, एउटा सडक सोलार बत्ती बगाएको महाकाली नगरपालिकाका मेयर हंशराज भट्टले बताए। 

बाढीले २ पुल बगायो, ६ घर उच्च जोखिममा

महाकाली नगरपालिका ३ डुङुरी बजारका ६ घर बाढीको उच्च जोखिममा रहेका छन् भने दुई आरसीसी पुल बाढी र पहिरोको जोखिमा रहेका छन्। डुङुरीखोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको डुङुरी पावर हाउसभित्र बाढी पसेपछि क्षति पुर्‍याएको छ। 

पावर हाउसभित्र झण्डै ३ फिट पानी जमेको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले बताए। उनका अनुसार विद्युत मर्मत हुन एक साताभन्दा बढी लाग्ने अनुमान गरिएको छ। पावर हाउसभित्रको पानी निकासको लागि डोजर र कर्मचारी खटाइएको छ। दुई सय किलोवाट क्षमता रहेको डुङुरी जलविद्युत अवरुद्ध भएपछि जिल्लामै विद्युत सेवा ठप्प भएको छ।

महाकाली लोकमार्ग अवरुद्ध

हिजो राति परेको अबिरल वर्षाले महाकाली नगरपालिका–५ धौलीगाड खोला नजिकैको महाकाली लोकमार्ग अवरुद्ध भएको छ। धौलीगाड खोलामा निर्माणाधीन पुलको पिलर च्यापिएको छ भने नमस्कार बस्ती नै जोखिममा परेको छ। नदीले जमिन कटान गरिरहेको छ। सोमबार यातायात पूर्ण रुपमा ठप्प भएको छ। महाकाली लोकमार्गको काम छिटै सुचारु होला भन्न सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेलले बताए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.