पहिरोले पोखरा-बागलुङ सडक बिहानैदेखि अवरुद्व

पहिरोले पोखरा-बागलुङ सडक बिहानैदेखि  अवरुद्व

बागलुङ : मध्यपहाडि लोकमार्गअन्र्तगतको पोखरा-बागलुङ खण्डमा वर्षासँगै आएको पहिरोले ठाउँठाउँमा सडक अवरुद्व भएको छ । पोखरा-बागलुङ राजमार्गका एक दर्जन बढी स्थानमा पहिरोसँगै ठूलाठूला ढुंगा खसेर मंगलबार बिहानैदेखि सवारी आवत जावतमा समस्या देखिएको छ । 

अविरल वर्षासँगै पहिरोले बागलुङ नगरपालिका-३ बोक्से गैरामा सडक अवरुद्ध  भएपछि बिहानैदेखि सवारी आवागमन रोकिएको छ ।  यसैगरी पोखरा-बागलुङ राजमार्गको पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ नयाँपुलस्थित सडकमा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । 

सोमबार राती साढे ९ बजे तिर ठूलो ढुंगासहित झरेको पहिरोले सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध बनेपछि म्याग्दी र बागलुङबाट काठमाडौं पोखरा जाने र जिल्ला भित्रिने सवारी साधन र यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । 

अवरुद्व सडक सूचारुका लागि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले प्रयास जारी राखेको छ । ठूला ठूला ढुंगा र ठाउँ ठाउँमा पहिरो खसेका कारण सवारी आवागमन सूचारु हुन केही समय लाग्ने डिएसपी रेग्मीको भनाई छ । 

वर्षासँगै आउने बाढी पहिरोले सडक अवरुद्व हुने सम्भावनालाई ध्यानमा राखेर आयोजना अन्र्तगतका उपकरण पहिरो हटाउनका लागि ठाउँठाउँमा तयारी अवस्थामै राखिएको छ ।

चल्तीका राजमार्ग अवरुद्ध हुँदा तत्कालै एकतर्फी भए पनि खुलाउने गरी काम गरिरहेको आयोजना कार्यालय प्रमुख आशिष थापाले जानकारी दिए । 'लोकमार्ग आफ्नै कारणले भन्दा ठाउँठाउँमा जथाभावी रुपमा खनिएका शाखा सडकका कारणले बाढी पहिरो आएर अवरुद्व भइरहेको छ,' आयोजना प्रमुख थापाले भने, 'अहिले तत्काल एकतर्फी खुलाउँछौं, सबै हटाउँदा पनि थप पहिरो खस्ने जोखिम छ। हामी अलर्ट अवस्थामै छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.