दार्चुलामा पहिरो : दुईको मृत्यु, तीनजनाको उद्दार, महाकाली लोकमार्ग ठप्प

दार्चुलामा पहिरो : दुईको मृत्यु, तीनजनाको उद्दार, महाकाली लोकमार्ग ठप्प

दार्चुला : जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा सोमबार राती घर माथिबाट खसेको पहिरोमा परी बेपत्ता दुईजनाको शव भेटिएको छ।बेपत्ता भएका अरुण दर्जी र मिलन दर्जीको शव मंगलबार भेटिएको प्रहरीले जनाएको छ। पहिरोमा परी ३५ वर्षीय लक्ष्मी ढोली, उनका ९ वर्षीय छोरा शुबम् परियारको जिवितै उद्धार गरिएको थियो। मृतक दुवैजना लक्ष्मी ढोलीका भाइ रहेको जनाइएको छ। 

उनीहरु लेकम गाउँपालिका ५ न का बासिन्दा रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान ३ बजेतिर माथिबाट पहिरो खस्दा घर आशिंक पुरिएको छ । घटनामा ढोलीकी छोरी सोनिया घरभित्रै अड्किएको अवस्थामा उद्धार गरिएको  थियो।

महाकाली लोकमार्ग अवरुद्ध

महाकाली लोकमार्गअन्र्तगतको गोकुलेश्वर दार्चुला सडक खण्डमा वर्षासँगै आएको पहिरोले ठाउँठाउँमा सडक अवरुद्व भएको छ । महाकाली लोक मार्गमा एकदर्जन बढी स्थानमा पहिरोसँगै ठूलाठूला ढुंगा खसेर मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको छ।

अविरल वर्षासँगै पहिरोले महाकाली नगरपालिका ३ डुङरेमा सडक अवरुद्ध भएपछि बिहानैदेखि सवारी आवागमन रोकिएको छ ।यसैगरी महाकाली लोकमार्गको महाकाली नगरपालिका वडा नम्बर ५ धौलीगाड खोलामा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र जोशीले जानकारी दिए । 

विभिन्न ठाउँमा सडक अवरुद्ध जिल्ला भित्रिने र बाहिरीने सवारी साधन र यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।   अवरुद्व सडक सूचारुका लागि महाकाली लोकमार्ग आयोजना कार्यालयले प्रयास जारी राखेको छ । 

ठूला ठूला ढुंगा र ठाउँ ठाउँमा पहिरो खसेका कारण सवारी आवागमन सूचारु हुन केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

शाखा सडकले पहिरो 

ठाउँठाउँमा जथाभावी रुपमा खनिएका शाखा सडकका कारणले पहिरो आएको हो।मापदण्ड विपरित बनाएका शाखा सडकले पहिरो गएको मालिकार्जुन गाउँपालिका २ का स्थानीय मानसिंह धामीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.