बाढीले प्रदेश २ का २९ घरमा क्षति

बाढीले प्रदेश २ का २९ घरमा क्षति

जनकपुरधाम : प्रदेश २ मा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन्। २९ घरमा बाढीले क्षति गरेको छ। बाढीको प्रकोपले ८ सय ४५ जना विस्थापित भएका छन्।

बाढीले बगाउँदा महोत्तरीको भंगहा नगरपालिका–६ बस्ने ४० वर्षीय बिरेन्द्र कापर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता मकेन्द्रकुमार मिश्रले जनाए। बाढी तर्ने क्रममा कापरलाई रातु खोलामा आएको बाढीले बलवा नगरपालिका—११ स्थित सग्रामपुरबाट बगाएको हो।

बागमति नदीको बाढीले  सर्लाहीमा बगाएका दुई जनाको गाउँले र प्रहरीले उद्धार गरेका छन्। घाँसदाउरा गर्न गएका बागमति नगरपालिका—१२ का २४ वर्षीय डेटमान गोले र निरज पिटुङ्गलाई बाढीले बगाउँदै गर्दा गाउँले र प्रहरी जोगाएका थिए।

 
बाढीले प्रदेश २ मा २९ घरमा क्षति पुर्‍याएको छ। सबैभन्दा बढी पर्सामा २२ घर बाढीले ध्वस्त बनाएको हो। बाढीको कटान र डुबानमा परेर २ सय ११ घरका ८४५ जना विस्थापित भएका छन्। ८ वटा चौपाया मरेको छ। बाढीबाट जनधनको क्षति हुन नहुदिन प्रदेश प्रहरी कार्यालयले प्रदेशका ८ वटै जिल्लामा २ हजार ८ सय १० प्रहरी परिचालन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.