नवलपरासीमा बाढी र पहिरोमा परी दुईजनाको मृत्यु, १ बेपत्ता

नवलपरासीमा बाढी र पहिरोमा परी दुईजनाको मृत्यु, १ बेपत्ता

नवलपुर : लगातार परेको वर्षाका कारण आएको बाढी-पहिरोले नवलपरासीमा दुईजनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका-२ डाडाँझेरी गाउँको टाँडीमा सोमबार राती पहिरोले घर बगाउँदा एक दम्पत्तिको मृत्यु भएको छ ।

विकट पहाडि गाउँमा सोमबार राती गएको पहिरोले घर बगाउँदा ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी ५७ वर्षीया श्रीमती खिलमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता मोहन खाँडले बताए ।

पहिरोमा परी बेपत्ता भएका दम्पत्तिको मंगलबार बिहान स्थानीय र प्रहरीको टोलीले खोजी गर्दा उनीहरु मृत अवस्थामा फेला परेका थिए । घरमा नेपाली दम्पत्ति मात्रै थिए । नजिकै रहेको अर्को घरमा छोरा बुहारी र नाती नातीनी सुतेकाले उनीहरु भने सकुशल रहेको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताँकोटीले बताए ।

हिउँदको समयमा बाटो खन्दा डोजर प्रयोग गरिने भएकाले पहाडि क्षेत्रका घर पहिरोको जोखिममा पर्ने गरेको स्थानीयले बताए।यसैबीच पहिरोका कारण पहाडि क्षेत्र जाने सडक अवरुद्ध भएका छन् । बुलिङटार र बौदिकाली गाउँपालिका जाने सबै मोटर बाटो अवरुद्ध भएको हो । 

पहाडि क्षेत्रमा खाद्यान्न ढुवानी र सर्वसाधरणको सुविधाका लागि राजमार्गको दलदलेबाट दैनिक रुपमा सवारीसाधनहरु आवतजावत गर्ने गरेका थिए । यता बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-४ थारुटोलाका ३२ वर्षीय सन्तु चौधरी नारायणीलाई नदीले बगाउँदा बेपत्ता भएका छन् । 

नदीमा बग्दै आएका दाउरा समात्न जाने क्रममा उनी डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता राजु लामाले जानकारी दिए । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको  छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.