तीन प्रहरीसहित ६ जनामा कोरोना ‘पोजिटिभ’

तीन प्रहरीसहित ६ जनामा कोरोना ‘पोजिटिभ’

स्याङ्जा : स्याङजामा मंगलबार ६ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङजामा कार्यरत ३ जना प्रहरी र फेदिखोला गाउँपालिकाका–३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। 

पुतली बजारका ३३, ३४, ३८ वर्ष र फेदिखोलाका ३१, ५५ र ५८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक कार्यालय पोखराका स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए। 

एक प्रहरी हवल्दारसहित २ जना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको पुतली बजार नगर स्वास्थ्य शाखा प्रमुख विष्णु काफ्लेले जानकारी दिए। ‘प्रहरीमा रुघाखोकी र ज्वरोको संक्रमणदेखेपछि प्रहरी प्रमुखको आग्रहमा पीसीआर परीक्षण गरेका थियौं ’ उनले भने, ‘थप अरु प्रहरीको पनि पीसीआर परिक्षण गर्ने तयारीमा छौं।’

यसैगरी, फेदिखोलाका युवा भने भारतबाट आएर क्वारेन्टाइनमा बसेका र उनीहरुको ४ गते पीसीआर रिपोर्ट पठाएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए। 
पुतलीबजारका संक्रमितलाई करेन्डाँडा स्वास्थ्य केन्द्र र फेदिखोलाका संक्रमितलाई भाटखोला स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा राखिएको छ।

योसँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ। अहिलेसम्म १ सय ८५ जना कोरोना निको भएर घर फर्केका छन् भने १९ जना विभिन्न आइसोलेसनमा उपचाररत छन्। २ जना संक्रमितको भने मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए। 

स्वास्थ्य कार्यालयका अनुसार अब कालिका सामुदायिक अस्पतालमा ५ जना, कुँवर समाजघरमा ५ जना, करेन्डाँडामा ४, भाटखोलामा ३, चापाकोटमा १ , गल्याङ्मा १ जना संक्रमित उपचाररत छन्। 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.