हेलिकोप्टरबाट गर्भवतीको उद्धार

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

बाजुरा : कोल्टिबाट एकजना गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।  स्वामिकार्तीक खापर गाउँपालिका १ साप्पाटा की २३ वर्षीय सर्मीला बुढाको बुधबार बिहान बुढीनन्दा नगरपालिका कोल्टिबाट हेल्किप्टरबाट उद्धार गरिएको मनबहादुर रोकायाले बताए  । 

सुत्केरी बेथा लागेपछि कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र ल्याइएकी गर्भवतीको अवस्था जटिल भएपछि हेल्किोप्टरबाट नेपालगञ्ज उद्धार गरिएको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर राजुराज जैशीले बताए  ।

सोमबार साँझ स्वास्थ्य केन्द्रमा पुर्‍याइएकी सर्मिलाको अवस्था जटिल थियो । उनको अवस्था झन जटिल बन्दै गएपछि उनलाई नेपालगञ्ज रिफर गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाको पहल र राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत दुर्गम क्षेत्रका ज्यान जोखिममा  परेका गर्भवती तथा सुत्केरी महिलाको लागि उपलब्ध सेवा अन्र्तगत हवाई सेवामार्फत उद्धार गरिएको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.