क्रसर व्यवसायीले खोलामा खनेको खाल्टो ज्यानमारा बन्दै

क्रसर व्यवसायीले खोलामा खनेको खाल्टो ज्यानमारा बन्दै

बर्दिबास : क्रसर व्यवसायीले खोलामा खनेको खाडल ज्यानमारा बनेको छ। अवैध रुपमा बालुवा गिट्टी निकाल्दा बनेको खाल्टोमा डुबेर महोत्तरीको बर्दिबास—१४ का १६ वर्षीय रोहित मिश्रको गत साउन ३ गते  ज्यान गयो। 

बर्दिबासस्थित रातु खोलामा जथाभावी बालुवा गिट्टी निकाल्न क्रसरवलाहरुले २०—३० फिटसम्म खाल्टो खेका छन् । उक्त खाल्टोमा वर्षातको पानी जमेर त्यसमा डुबेर मिश्रको मृत्यु भएको हो। कमाउ धन्धामा लागेर मापदण्ड विपरित खोला खनिरहेका क्रसर धनीलाई कारवाही नहुँदा उनीहरुको मनपोली बढेको स्थानीय बताउँछन्।

खाल्टोमा डुबेर ज्यान गुमाएका रोहित मिश्र।

महोत्तरी, धनुषा, सर्लाही, सिरहा लगायत जिल्लाका खोलानालाबाट जथाभावी उत्खन्न हुँदै आएको छ। ज्यानमारा खाल्टो तुरुन्त पुर्न बर्दिबास नगरपालिकाका मेयरसँग स्थानीय राखी मिश्रले माग गरेकी छिन्। बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेर खोलाको खाल्टो पुर्न कदम चालिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.