मर्स्याङ्‍दी पारी पहिरो जाँदा वारी दुई घर भत्किए, ३ जना घाइते

मर्स्याङ्‍दी पारी पहिरो जाँदा वारी  दुई घर भत्किए, ३ जना घाइते

बेंसीसहर : लमजुङमा मस्र्याङ्दी नदी पारीपट्टि पहिरो जाँदा वारीपट्टि २ घर भत्किएका छन् । मस्र्याङ्दी गाउँपालिका-८ मा पर्ने सुरुङमार्गको भीरबाट चट्टान खस्दा वारिपट्टि वडा नं. ३ को छहरेखोलामा रहेका २ घर भत्किएका हुन् । ३ जना घाइते भएका छन् ।

ढिस्को खसेर मस्र्याङ्दी नदीमा परी उछिटिएर घर पुरेको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए । बुधबार राति १२ बजेतिरको पहिरोका कारण घर पुरिँदा ४२ वर्षीया लालकौंरी तामाङ, उनका श्रीमान ५२ वर्षीय कुमबहादुर तामाङ र छिमेकी ७४ वर्षीय बलबहादुर थापा घाइते भएका छन् ।

लालकौंरीको दाहिने हात भाँच्चिएकाले उनलाई बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरेको छ । कुमबहादुरको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार गरिएको र बलबहादुरको स्थानीय मेडिकलमै उपचार गरिएको डीएसपी गंगाबहादुर थापाले बताए ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार तामाङ र थापाको घर भत्किएको हो । उनका अनुसार बाढीपहिरोले वारिपट्टिको बाटो हुँदै मनाङ जाने सडकमा पनि क्षति पुर्‍याएको छ । पारिको पहिरोले वारीपट्टि क्षति पुर्‍याउँदा स्थानीय अचम्मित भएका छन् ।

बेसीसहर चामे सडकको विभिन्न स्थानमा पहिरो जाँदा र नदीनालामा बाढी आउँदा सवारी साधन सञ्चालनमा आउन सकेको छैन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.