अछामका ५ सय बढी संक्रमितले जिते कोरोना
अछाम : अछामका ५ सय भन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय अछामका अनुसार हालसम्म ५ सय ८२ जना संक्रमित निको भएका छन् । ६ सय २६ जना संक्रमित रहेको अछाममा ५ सय ८२ जना निको भएर घर फर्किएका हुन् ।
कोरोना निको हुनेमा साँफेबगर नगरपालिकाका १४१, रामारोशन गाउँपालिका १०३,मेल्लेख गाउँपालिकाका ९७,मंगलसेन नगरपालिका ६१,बान्नीगढीका सबै ३५,पञ्चदेवल बिनायक नगरपालिका २०,तुर्माखाद गाउँपालिकाका २३,चौरपाटी गाउँपालिकाका ४९,ढकारी गाउँपालिका २८ र कमलबजार नगरपालिका२५ जना रहेका छन् । जिल्लामा हालसम्म ४ हजार ३ सय १ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ७ सय ४४ जनाको रिर्पोट आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।
अछाममा स्वाब संकलन कार्य जारी रहेपनि कोरोना परीक्षण भइ बिगत एक हप्तायता रिपोर्ट प्राप्त हुन नसकेको जोशीले बताए ।