यस्तो छ कक्षा ११ को परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि

यस्तो छ कक्षा ११ को परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा मूल्यांकन कार्यविधि स्वीकृत गरेको छ। कार्यविधिले कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी आधिकारिक रुपमा विद्यार्थी अध्ययनरत विद्यालयलाई नै दिएको छ।

कार्यविधिले परीक्षा सञ्चालन गरेर नतिजा प्रकाशन तथा नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे समेत व्याख्या गरेको छ। 

कार्यविधिको परिच्छेद ३ले विद्यार्थीको मूल्यांकन सम्बन्धि व्यवस्था गरेको छ। जस अनुसार कक्षा ११ मा ७० प्रतिशत हाजिर भएका विद्यार्थीलाई मात्रै अन्तिम परीक्षामा सहभागी गराउनुपर्ने छ। 

सम्बन्धित विद्यालयले कक्षा ११ को अन्तिम परीक्षा सञ्चालन गर्ने मिति र तालिका परीक्षा बोर्डको सम्बन्धित कार्यालयलाई जानकारी गराउनुपर्नेछ। 

परीक्षा सञ्चालन र मूल्यांकनका क्रममा प्रयोग भएका प्रश्नपत्र र उत्तरपुस्तिका बोर्डले तोकेको पाठ्यक्रमको ढाँचा अनुसार हुनुपर्नेछ। यी सामग्री बोर्डले मागेको अवस्थामा सम्बन्धित विद्यालयले उपलब्ध गराउनुपर्नेछ।

परिच्छेद ४ ले परीक्षा तथा प्रमाणिकरण समिति सम्बन्धि व्यवस्था गरेको छ। जस अनुसार सम्बन्धित विद्यालयका प्राचार्यको संयाजकत्वमा तीन सदस्यीय समिति रहनेछ। जसमा सम्बन्धित कक्षा शिक्षक र प्राचार्यबाट मनोनित अर्का एक जना शिक्षकलाई सदस्य रहने व्यवस्था छ। कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले हरेक विषयको सैद्धान्तिक तर्फ डी प्लस र प्रयोगात्मक तर्फ सी ग्रेड ल्याउनुपर्नेछ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.