द चेन स्मोकर्ससँग १९७४ एडी

द चेन स्मोकर्ससँग १९७४ एडी

काठमाडौं : डेनिस बियर ब्रान्ड टुबोर्गले यस वर्षका लागि आफ्नो टुबोर्ग ओपन अभियान सुरु भएको घोषणा गरेको छ। यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार जोडी ‘द चेन स्मोकर्स’ को साथमा सहकार्य गरी देशभरका संगीत प्रेमीलाई नयाँ संगीत पेस गर्दैछ। विश्वब्यापी प्रचलित कलाकारमध्ये एक रहेको ‘द चेन स्मोकर्स’ टुबोर्ग ओपनको साथमा नेपालको लोकप्रिय फोल्करक ब्यान्ड १९९७ एडीसँग सांगीतिक सहकार्य गर्दै संगीतप्रेमीलाई यस अभियानतर्फ प्रोत्साहित गर्दै छन्।

निर्माता जोडी, एलेक्स् पाल र ड्रिउ टग्गार्ट समावेश रहेको ‘द चेन स्मोकर्स’ ले २०१६ मा ‘दया’ सँगको ‘डोन्ट् लेट मी डाउन्’ र ‘हेल्से’ सँगको ‘क्लोजर’ जस्ता हिटबाट विश्वब्यापी ख्याती प्राप्त गरे। डिसेम्बर २०१८ मा ‘द चेन स्मोकर्स’ ले ‘सिक बोई’ एल्बम् रिलिज गरे जसले हालसम्म एक अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको छ।

एलेक्स् पालले १९७४ एडीसँग काम गर्ने उत्सुक्ता जनाउँदै भने, ‘त्यस क्षेत्रको निकै सफल समूहसँग काम गर्न पाउने थाहा पाउँदा हामी साह्रै उत्सुक छौं। यस प्रोजेक्टको मुख्य लक्ष्य पनि यही हो।’ उनले थपे, ‘टुबोर्गले विश्वको दुई कुनामा रहेका कलाकारलाई जोड्न सफल बनाइरहेको छ नत्र हामी एकअर्कालाई चिन्न गाह्रो हुन्थ्यो। अब हामी नेपाल आउँदा घुलमिल गर्न पनि साथी पाउने भयौं।’

टुबोर्ग ओपनले विश्वभर विभिन्न संस्कृति र पृष्ठभूमि रहेका कलाकारलाई जोड्दै संगीतको माध्यमबाट मानिसलाई ‘ओपन टु मोर’ रहन प्रोत्साहित गर्छ। प्रोजेक्टबारे आफ्नो धारणा राख्दै ड्रिउ टग्गार्टले भने, ‘हामी सधैँ विश्वभरका सिर्जनशील कलाकारसँग काम गर्न नयाँ तरिका खोजिरहेका हुन्छौँ। हामीले धेरै सांगीतिक सहकार्य गरेका छौं, हाम्रा आफ्नै गीतसँग हामीले ३० वटाभन्दा बढी सहकार्य गरेका छौं र त्यो प्रक्रियाले हामीलाई धेरै सिकाएको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.