'भाभी जी घर पर हैं' मा सेफाली !

'भाभी जी घर पर हैं' मा सेफाली !

नयाँ दिल्ली : टीभीको चर्चित सिरियल ‘भाभी जी घर पर हैं’ सुरुआतदेखि नै मन पराइएको छ। सिरियलका सबै कलाकारको साथमा यो सिरियलले दर्शकको मन जितेको छ। तर हालै अएको एक खबरअनुसार अब सोमा ‘अनिता भाभी’ को भूमिका निर्वाह गर्ने सौम्या टण्डनको ठाउँ ‘काँटा लगा’ गर्ल सेफाली जरिवालाले लिने भएकी छन्। सौम्या कोरोना भाइरस महामारीका कारण धेरै दिनखेखि सुटिङमा आएकी छैनन्। साथै घरमा उनको एउटा सानो छोरो पनि छ। यस क्रममा यो रोलका लागि निर्माताले सेफालीसँग कुरा चलाएका छन्।

मिडिया रिपोर्टअनुसार ‘भाभी जी घर पर हैं’ मा अनिताको भूमिकाका लागि अहिले कुराकानी चलिरहेको छ। रोलका बारेमा सबै कुरा तय भएको छैन र यसबारेमा ‘काँटा लगा गर्ल’ सेफालीको पनि कुनै प्रतिक्रिया आएको छैन। भाभी जी घर पर हैका निर्मताले सौम्यालाई रिप्लेस गर्नेबारे आधिकारिक घोषणा भने गरेका छैनन्। सौम्याले कोभिड— १९ मा पछि सुटिङ गर्नेबारे चिन्ता व्यक्त गरेकी थिइन्। यसका साथै आफ्नी हेयर ड्रेसरलाई कोरोना पोजेटिभ देखिएपछि उनी घर मै समय बिताइरहेकी छन्। बलिउड लाइफको रिपोर्टअनुसार ‘भाभी जी घर पर हैं’ का निर्माता बिनेफर कोहलीले सौम्याका बारेमा भने, ‘हामीले गत महिना सबैको टेस्ट गराएका थियौं। सबैको रिपोर्ट नेगेटिभ आएको थियो। उनलाई केही दिनदेखि खोकी लागेको थियो। त्यसैले उनी केही समय सेटमा आइनन्। अहिले युनिटका सदस्य उनको सम्पर्कमा आएका छैनन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.