सडकमै सुत्केरी

सडकमै सुत्केरी

बागलुङ : जिल्लाको पश्चिम क्षेत्रकी एक महिला बाटो अवरुद्ध भएपछि सडकमै सुत्केरी भएकी छन्। जिल्लाको बडिगाड गाउँपालिका-१ निवासी २४ वर्षीया मनिका घर्तिले बिहीवार दिउँसो लोकमार्गमै छोरीलाई जन्म दिएकी हुन्। 

जिल्लाको लाइफ लाइनको रुपमा रहेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ सडक तीनदेखि अबरुद्ध छ। लोकमार्गको बागलुङ नगरपालिका-३ बोक्सेमा सडक माथिबाट खसेको पहिरोले गत मंगलबारदेखि सडक अवरुद्व भएपछि सयौं यात्रु लोकमार्गमै अलपत्र छन्।  

व्यथा लागेपछि घर्तिलाई बिहीवार बिहानै प्रसुतिका लागि पश्चिम क्षेत्रको केन्द्र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। तर गर्भवती घर्तिको अवस्था संवेदनसिल देखिएकाले प्राथमिक स्वास्थ्य केन्द्रले धौलागिरी अस्पताल बागलुङमा रेफर गरेको थियो। त्यसपछि परिवारका सदस्य र आफन्त मिलेर तत्काल धौलागिरी अस्पतालतर्फ ल्याएका थिए। मध्यपहाडी लोकमार्गको बोक्सेमा ठुलो पहिरो खसेर केही दिन यता सवारी आवागमन ठप्प भएपछि सुत्केरी गराउन थप सकस भएको थियो। 

लोकमार्गमा पहिरोले रोकिएकै अवधिमा घर्तिलाई व्यथा लागेपछि परिवारका सदस्य पनि सशंकित देखिएका थिए। संयोगवश स्थानीय आमा समूहको पहलमा सोही स्थानमा एचए पढेका बागलुङ नगरपालिका-३ का सरोज क्षत्री आइपुगे। स्वास्थ्यकर्मी क्षत्रीले नै तत्कालको गम्भीर जोखिम टारेर महिलालाई सुत्केरी बनाएको आमा समूहकी सदस्य गोरी थापाले बताइन्।

सडकमै सुत्केरी गराएपछि प्रहरी तथा स्थानीयको सहयोगमा स्टेचरमा राखेर पहिरो पार गराइएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बागलुङको समन्वयमा सवारी साधनमा राखेर धौलागिरी  अस्पतालमा पठाइएको प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिए। 

प्राथमिक स्वास्थ्य केन्द्रले रेफर गरेको हुनाले शुरुमा केही जटिल महुसुस गरिए पनि आफुले आकस्मिक जोखिमको सामना गरेर सहज सुत्केरी गराउन सफल भएको हेल्थ असिष्टेन्ट सरोज क्षत्री बताउँछन्। ‘सुत्केरी व्यथाले च्यापेको रहेछ। लोकमार्ग अवरुद्ध हुँदा अस्पताल पुर्‍याउन समस्या भयो, सडकमै ज्यान जाने अवस्था भो भनेर खबर आयो’ क्षत्रीले भने ‘गर्भवतीको जटिल अवस्था थियो, यसकारण केही जोखिम पनि थियो तर ठुलो जिम्मेवारी महुशुस गरेर जोखिम मोले, अहिले सुत्केरीको अवस्था सामान्य छ।’

सुत्केरीपछि धौलागिरी अस्पतालमा ल्याइएकी महिलाको अवस्था सामान्य रहेको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए। ‘बच्चाको तौल ३१ सय ग्राम रहेछ। सडकमै सुत्केरी भए पनि स्वास्थ्यकर्मीकै सहयोगमा प्रसुति गराइएकाले महिला र नवजात शिशु दुवैको अवस्था सामान्य छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.