पौडी खेल्न नदीमा हाम फालेका बालक बेपत्ता

पौडी खेल्न नदीमा हाम फालेका बालक बेपत्ता

पशुपतिनगर : भारतको टेकोना नदीमा हामफाल्दा एक नेपाली बालक बेपत्ता भएका छन्।  महोत्तरीको मनराशिस्वा–१० मधवाका १४ वर्षीय विकी मण्डल बेपत्ता भएका हुन्। 

प्रहरी चौकी बथनाहा नजिकै रहेको भारतको सितामढी ग्रामपंचायत बराही–१२ स्थित टेकोना नदीको पूलबाट पौडी खेल्न हाम फाल्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जनाए। ‘पौडी खेल्न बालकले हाम फालेका थिए।  भंगालोमा फसेर  बेपत्ता भयो,’उनले भने,‘बालकको घर नेपाल–भारतको सीमा नजिकै छ।’

उनी बिहान ११ बजे बेपत्ता भएका थिए।  उनको खोजी गर्न प्रहरी चौकी बथनाहा र सशस्त्र प्रहरी बल वेस क्याम्प कटिकटैयाको संयुक्त टोली खटिएको छ। एसएसबीसँग समन्वय गरेर खोजि कार्य तीब्र पारिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.