बैतडीमा कोरोना संक्रमितको संख्या ३ सय पुग्यो

बैतडीमा कोरोना संक्रमितको संख्या ३ सय पुग्यो

बैतडी : बैतडीमा शनिबार थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप तीनजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। 

सुर्नया गाउँपालिकाका २९ र ३१ वर्षीय तथा पाटन नगरपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। शनिबार कोरोना पुष्टि  भएका तीनै जना भारतबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका र कोरोना पुष्टि भएपछि अलगै आइसोलेट गरिएको जोशीले बताए। उनीहरुको स्वास्थ्य अवस्था भने समान्य रहेको छ। 

योसँगै बैतडीमा कोरोना संक्रमितको संख्या ३  सय पुगेको छ। सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन्। यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७, सुर्नया गाउँपालिकाका १६, पाटन नगरपालिकाका १५, पुर्चौंडी नगरपालिकाका ८ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ। 

संक्रमितमध्ये २ सय ९७ जना घर फर्किसकेका छन्। उनीहरुमा संक्रमण पुष्टि भए पनि लक्षण नदेखिएकाले घर पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। बैतडीमा १४ जनाको मात्रै कोरोना रिपोट नेगेटिभ आएपछि घर पठाएको थियो। बैतडीका २ सय ११ जनाको स्वाब संकलन गरेर पठाइएकोमा रिपोर्ट आउन भने बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.