पहिरोले आमालाई लग्यो, किरिया बसे छोरीहरू

पहिरोले आमालाई लग्यो, किरिया बसे छोरीहरू

स्याङ्जा : गल्याङ् नगरपालिका–१० सिमलसौंराका २५ वर्षीया देवी राना पहिरोमा परी ज्यान गुमाएकी आमाको किरिया बसिरहेकी छिन्। छोरीले पनि बाबु आमाको  किरिया गर्न मिल्छ भन्ने मान्यतालाई आत्मसात् गर्दे १२ दिन किरिया बस्ने उनले बताइन्। तीन छोरी मध्ये उनी माइली हुन।

जेठी छोरी मालती विवाहित र कान्छी छोरी नारायणी घाइते भएकाले माइली छोरी देवी छोरालेझैें गरी किरिया बसेकी छिन्।  अरु छोरीहरू पनि शुद्ध रही आमाको अन्तिम संस्कारमा जुटेका छन्।साउन ७ बुधवारको पहिरामा परी आमा माया रानाको मृत्यु भयो भने आमासँगै सुतेकी नारायणी घाइते भइन्। घाइते उनलाई उपचारका लागि पोखरा पठाइएकोे थियो। आमाको अन्तिम संस्कारमा सहभागी हुन उनलाई बिहीवार स्याङजा ल्याइएको हो। हाल उनी वालिङ स्थित आफन्तकहाँ बसेर उपचाररत छन्। उनले घरमा पुगेर किरिया बस्न सकिनन्। उनको खुट्टामा चोट छ। 

मृतक ५२ वर्षीया मायाको बिहीवार पवित्र तिर्थस्थल रामनदीधाम राम्दीमा हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको छ। शुक्रबारदेखि धार्मिक विधि अनुसार काज किरिया सुरु गरेको छिमेकी फर्सुराम खनालले जानकारी दिए।   

मृतक मायाका पति गुमबहादुरु राना भारतको सिलगुढीमा बस्छन्। भारतीय सेनाबाट अवकाश पाएका ५५ वर्षीय गुमबहादुर अर्काे घरजम गरी उतै बसेका हुन्। पत्नीको निधन भएको खबरपछि घर फर्केका उनी उनी होम क्वारेन्टाइनमा छन् । 

जेठी छोरी मालतीको विहे गल्याङमा भएको हो। पछि उनी तराई झरिन्। उनले माइली बहिनी देवीलाई पनि उतै राखेर पढाउँदै आएकी थिइन्। अहिले उनी स्नातक तहमा पढ्छिन्। 

‘आमाले अनेक दुःख, समस्या झेल्दै हामीलाई हुर्काउनु भयो, बढाउनुभयो, पढाउनुभयो यसप्रति कृतज्ञ छु' देवीले भन्छिन्– 'आमाको सेवा भावप्रति म किरिया बसेकी हुँ, मेरा छोरा नै तिमी हौं’ आमाले सधैं यसो भन्नुहुन्थ्यो।' 

गल्याङमा आमा र कान्छी बहिनी नारायणी बस्दैै आएका थिए। नारायणीले पनि प्लस टु सकेर वालिङमा स्नातक तहको अध्ययन सुरु गरेकी छिन्।  
गत बुधबार करिब २५ मिटर माथिबाट झरेको पहिरोले राना परिवारको घर, गोठ पुरेको छ। घर अगाडी बनाइएका शौचालय, धारा, आगँन झारेर करिब ६० मिटर तल पु¥याएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.