बागलुङमा सुख्खा पहिरो (तस्बिरसहित)

बागलुङमा सुख्खा पहिरो (तस्बिरसहित)

बागलुङ : बागलुङ नगरपालिका-१ खनियाघाटस्थित सामुदायीक वन क्षेत्रमा शनिबार राति गएको भीषण पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ। बागलुङ–पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरयघाट जाने बाटोको बीचमा शनिबा राति ९ बजे तिर खसेको पहिरोमा पुरिएका ध १ त ४०७ नम्बरका ट्याक्टर चालक बानपा -५ मालिकाका धनबहादुर किसान आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन्।  

सडकमा बिछ्याउने कच्चा पदार्थ झिक्ने क्रममा अचानक खसेको सुख्खा पहिरोमा टिपर चालक पर्वत बनौ पुख्यौली घर भइ हाल कास्की बस्दै आएका निर्मल पुन समेत पुरिएको आशंका गरिएको छ। 

अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयद्धारा खोजी तथा उद्धार कार्य जारी छ।  पहिरोमा परी एक स्काभेटर, एक ट्याक्टर र ध १ख ४६३७ नम्बर एक ट्रिपर पुरिएको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए।  ट्याक्टर र टिपरका चालकको मोबाइलमा फोन गइरहे पनि फोन रिसिभ भएको छैन। 

स्काभेटरका चालक सिन्धुपाल्चोक घर भई बानपा- १ रामरेखा बस्ने राजु माझी भने राति नै सम्पर्कमा आएका थिए।  उनले पहिरो झरेपछि बल्लबल्ल भागेर ज्यान बचाएको बताएका छन्।  पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.