बाढीले जीवनसाथी खोस्यो, घरमा खाने अन्न छैन (भिडियाे)

बाढीले जीवनसाथी खोस्यो, घरमा खाने अन्न छैन (भिडियाे)

महोत्तरी : प्राकृतिक विपद् पनि कति निर्दयी ? पीडामाथि नै पीडा थपिदिन्छ। प्राकृतिक प्रकोपले पनि गरिबलाई नै रुवाउँछ। बाढी आउँछ, गरिबकै घर बगाउँछ। उसैको ज्यान लिन्छ। शीतलहरले दिनदुःखीलाई नै निल्छ। ३० वर्षीया दुलारी देवी कापरको खुसी पनि बाढीले नै लुट्यो। उनका जीवनसाथी विरेन्द्र कापरलाई बाढीको भेलले बगायो। साउन ६ गते  बाढीले बगाएका उनको १६ किलो मिटर पर लास भेटियो।

दुलारीका तीन छोरी छन्। उनी पाँच महिनाकी गर्भवती छिन्। घरमा खाने अन्न छैन। चुलोमा आगो बलेको छैन। महोत्तरीको भंहगा-६ संग्रामपुरकी दुलारी श्रीमान् गुमाएको पीडाले छट्पटाउँछिन्। जेठी छोरी नगिना क्रियापुत्री बसेकी छिन्। गरिवीले उनी थलिएकी छिन्। पतिको दाहसंस्कार गर्न उनीसँग साथमा कात्रो किन्ने पैसा नभएर छिमेकीले कात्रो किनिदिए अनि विरेन्द्रको दाहसंस्कार भयो।

उनको घर पुग्दा दुलारी रोइरहेकी थिइन्। आँखा सुन्निएको थियो। विक्षिप्त हुँदै एकैछिनमा बेहोस् हुन्थिन्। पति गुमाएपछि उनको सिउँदो मात्रै पुछिएको छैन, जीवको भरोसा नै चुटिएको छ। कोरोना संक्रमणले लकडाउन भएपछि उनको परिवार भोकभोकै थियो। लकडाउन खुकुलो भएपछि उनका पति काम गर्न जनकपुर पुगेका थिए। 

वर्षातले काम रोकिएपछि घर फर्किंदै गर्दा रातु खोलाको बाढीले बगायो।  उनी घर निर्माणमा ज्यालादारी काम गर्थे। ‘काँधमा साइकल बोकेर खोला पार गर्न लाग्दा उनलाई खोलाले बगायो’, स्थानीय गोविन्द चौधरीले भने, ‘आर्थिक अवस्था दैयनीय छ। ज्यालामदजुरी गर्दै परिवार चलाउँथे।’  

छोरीको पालन पोषण बारे सोचेर कापरकी श्रीमती बिलौना गरिरह्न्छिन्। पीडित परिवारको अवस्था बुझ्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल पुगेका थिए। प्रदेश सभा सदस्य सारदा देवी थापा, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टिकाबहादुर केसीको टोली दुलारीलाई हौसला बढाउन उनकै घर पुगेका थिए।

तीन छोरीमध्ये कान्छी छोरी निशा ३ वर्षकी छिन्। बुवाको क्रियापुत्री बसेकी नगिना १३ वर्षकी छिन् भने अर्की छोरी बिना ९ वर्षकी छिन्। स्कुल उमेरकी नगिना र बिना स्कूल जानबाट वञ्चित छन्। तीनै बालिकाको जन्मदर्ता छैन। दुलारीको विवाह दर्ता र नागरिकता पनि बनेको छैन। पतिको मृत्युपछि घरव्यवहार, छोरीको लालनपालन पीडित महिलाको काँधमा परेको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.