मेधा माविलाई रोटरीको थप ११ लाख २० हजार सहयोग

मेधा माविलाई रोटरीको थप ११ लाख २० हजार सहयोग

भक्तपुर : भूकम्पले क्षति पुर्‍याएको भक्तपुर नगरपालिका ३ स्थित मेधा माध्यमिक विद्यालयको भवन निर्माण गर्न रोटरी क्लव अफ भक्तपुरले थप ११ लाख २० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। रोटरी क्लव अफ भक्तपुरको १७ औं पदस्थापन समारोहमा रोटरी इन्टरनेसनलबाट प्राप्त हुने ३० लाख रुपैयाँको दोस्रो किस्तावापतको उक्त हस्तान्तरण गरिएको छ।

रोटरी इन्टरनेसनले डिस्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलले दोस्रो किस्तावापतको रकम ११ लाख २० हजार रुपैयाँको चेक मेधाका प्रधानाध्यापक गंगाधर हाडालाई हस्तान्तरण गरेका हुन्। रोटरीले अघिल्लो वर्ष पहिलो किस्ता ११ लाख २० हजार रुपैयाँ नै हस्तान्तरण गरेको थियो।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएको मेधाको भवन अहिले पुनर्निर्माण भइरहेको छ। उक्त भवन निर्माणको लागि पुनर्निर्माण प्राधिकरणले करिब एक करोड ७ लाख, भक्तपुर नपाले २० लाख र रोटरी क्लवले २२ लाख ४० हजार रुपैयाँ उपलब्ध गराइसकेको छ। सन् २०२०–२०२१ को लागि रोटरी क्लव अफ भक्तपुरको अध्यक्षमा भवानी घिमिरेले पदभार ग्रहण गरेकी छन्। उनलाई सन् २०१९–२० का अध्यक्ष भानुप्रताप जोन्छेले पद तथा जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

घिमिरेको अध्यक्षतामा नवगठित क्लवको उपाध्यक्षमा गंगालक्ष्मी अवाल, सचिवमा डा. ज्ञानेन्द्रनारायण धौभडेल र कोषाध्यक्षमा प्रभातराज राई रहेका छन्। त्यस्तै बोर्ड निर्देशकहरुमा चीरञ्जीवी लामिछाने, दशरथ प्रजापति, शिशिर वाग्ले, कृष्णेश्वरी हाडा र श्रीशंकर प्रधानाङ रहेका छन्। क्लवको आगामी अध्यक्षमा उदयराम श्रेष्ठ र भावी अध्यक्षको लागि विनिता हाडा मनोनीत भएका छन्।

त्यस्तै क्लवको सचेतकमा सुन्दरप्रताप राणा, प्रशिक्षकमा प्रा.डा. उत्तमकृष्ण कर्माचार्य, क्लब मेन्टरमा ओमकृष्ण श्रेष्ठ र सम्पादकमा राजकुमार सुवाल रहेका छन्। क्लवका विभिन्न विभागको संयोजकहरुमा रञ्जित मारिखू, राजेश त्वानाबासू, प्रेमलाल ध्वजू, सुन्दर बोहजू र हरिचन्द्र सत्याल रहेका छन्। सन् २०२०–२१ को लागि निर्वाचित रोटरी क्लव अफ भक्तपुरका पदाधिकारीहरुलाई सहायक डिस्ट्रिक्ट गभर्नर कौशलेन्द्रकुमार दासले सपथ खुवाएका थिए। त्यस्तै तीनजना नयाँ सदस्य वीरेन्द्र वैद्य, सुनिल ठकुरी र पर्लबिगा कार्कीलाई पनि दासले सपथ खुवाउँदै रोटरी क्लवमा स्वागत गरेका थिए।

उक्त अवसरमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर पोखरेलले जहाँ समस्या छ र सहयोग आवश्यक छ भने त्यहाँ रोटरी पुग्दै आएको जिकिर गरे।
गएको वर्ष रोटरी इन्टरनेसनलबाट नेपालमा एक अर्ब रुपैयाँभन्दा बढीको परियोजना सञ्चालन भएको उनले जानकारी दिए। उनका अनुसार चालू आर्थिक वर्षको लागि करिब २ अर्ब रुपैयाँको लागि ५२ वटा परियोजना माग भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.