कालापानी क्षेत्रमा नेपालीलाई प्रवेश निषेध

कालापानी क्षेत्रमा नेपालीलाई प्रवेश निषेध

दार्चुला : भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेर नजान आग्रह गरेको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा, गुन्जीलगायत भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो।

विभिन्न नेपाली गुट/समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्' पत्रमा भनिएको छ 'जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुबै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा गएको वा जान चाहेको कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला।

दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई जुलाई १४ (दुई साताअघि) पत्र पठाउँदै उत्तराखण्ड राज्यअन्तर्गत धारचुला जिल्लाका उपजिल्लाधिकारीले ’नेपाली गुट र समूहले लुकिछिपी सीमा पार गर्न लागेको सूचना प्राप्त भएको’ भन्दै यसबारे जानकारी भए सूचना दिन आग्रह गरेका हुन्। नेपालले हालै कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो। ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गरेको छ। विगतमा व्याँसी सौँका समुदायलाई आवतजावत गर्न दिने क्षेत्रमा समेत पछिल्लो समय आवतजावतमा पूर्ण रोक लगाएको छ। गत महिना सशस्त्र प्रहरीको छाङरु बीओपीबाट सुरक्षाकर्मीहरुको टोलीले कालापानी क्षेत्रमा जान खोजे पनि भारतीय एसएसबीले डेढ किलोमिटर वरबाटै कालापानी क्षेत्रमा जान नदिने माथिको आदेश छ भन्दै फर्काइदिएको थियो।

भारतीय प्रशासनले दार्चुला प्रशासनलाई पठाएको पत्र भारतको हेपाहा र मिचाहा प्रवृतिको पराकाष्टा भएको दार्चुलाबासीको बुझाई छ। सरकारले हालै छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ सुरक्षाको निकै ठुलो अनुभुति रहेको स्थानीय ललितसिंह बोहोराले बताए। हालै त्यहाँ नजिक गोरेटो बाटोको ट्रयाक खोल्ने काम भइरहेको छ। तर भारतीय भूमि त के भारतले अतिक्रमण गरेको नेपाली भूमिमा समेत नेपालीहरुले प्रवेश गर्न पाइरहेका छैनन्।

बीओपीले भारतीय पक्षलाई अप्ठयारो 
व्यास गाउँपालिकाको छाङरुमा सशस्त्रको बीओपी स्थापना भए पछि भारतिय पपक्षलाई समस्या भएको सुरक्षा स्रोतले बतायो। माथिल्लो कौवा र तिकंरमा सुरक्षा पोष्ट राख्ने कुरा चल्दा झन भारतीय पक्षले नेपालीहरुलाई हेप्ने गरेका छन्। विगतको जस्तो सीमा क्षेत्रमा मनलाग्दो अतिक्रमण र प्राकृतिक स्रोतको दोहन गर्न नपाएकोले भारतले विभिन्न हतकण्ठा अपनाएर सीमा क्षेत्रमा दबदबा कायम गर्न खोजेको हुनसक्ने जानकारहरु बताउँछन्।

विगतमा नेपालका तर्फबाट सुरक्षाको अनुभुती नभएपछि सो क्षेत्रमा भारतको दादागीरी चलेको थियो। त्यतिबेला भारतीय पक्षले बहुमुल्य वस्तुहरु, ओखेटोपहार, जनावरका महत्वपुर्ण अंगहरुको चोरी सिकारी गर्थे तर अहिले नेपालको तर्फबाट सुरक्षा दिँदा उनीहरुलाई गाह्रो भएको सुरक्षा स्रोतले बताएको छ।

भारतले भन्यो कालापानी हाम्रो हो
भारतीय पक्षले कालापानी, लिम्पियाधुरा र गुंजी आफ्नो भएको दाबी गरेको छ। हाम्रो ठाउँमा आएर नेपालीहरुले घुसपैठ गर्न लागेको छन्। नेपाली गुट समूहले घुसपैठ गर्न लागेको खबर पाए सूचना दिन नेपाली पक्षलाई आग्रह गरेका छन्। तर त्यो सुचनामा दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले भने विवादित क्षेत्रमा कसैले पनि आवतजावत गरेको छैन्। ‘हामीले कालापानीलगायतका विवादित क्षेत्रमा आवश्यक पर्ने सामाग्री हेलिकप्टरमार्फत निर्यात गर्ने गरेका छौं’ उनले भने 'वर्षका कारण आवतजावतमा समस्या भएको बेला धारचुला प्रशासनले हल्लाको भरमा पत्र पठाएको छ।' 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.