स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

स्याङ्जामा प्रहरी प्रमुखसहित  १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

स्याङ्जा : स्याङजामा प्रहरी प्रमुखसहित १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य प्रादेशिक कार्यालयले पुतलीबजार नगरपालिकाका १ महिलासहित १८ जनामा कोरोना संक्रमण भएको सोमबार पुष्टि गरेको हो । 

संक्रमण देखिनेमा ३९, २७, ३७, २८, ४१, ३३, ३८, ३४, ४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४, ३६ वर्षीय पुरुष र २६ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए । 

प्रहरीमा रुघा, खोकी, ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा यसअघि ३ जनामा कोरोना पुष्टि भएपछि अन्य प्रहरीको पनि परीक्षण गरिएको हो । कार्यालयका ९८ प्रहरीसहित ४ जना थुनुवाको नमुना स्वाब संकलन गरी पठाइएकोमा केहीको अझैं आउन बाँकी छ । 

उनीहरुलाई भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिने तयारी भइरहेको पुतलीबजार स्वास्थ्य शाखा प्रमुख बिष्णु काफ्लेले जानकारी दिए ।

संक्रमण थपिएसँगै जिल्लामा संक्रमितको संख्या २ सय २३ पुगेको छ भने १ सय ८३ जना निको भएर घर फर्केका छन् । दुईजनाको भने उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।  यसअघि, ३ जना प्रहरीमा संक्रमित पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय 'सिल' छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.