साईप्रसमा २१ वर्षीया नेपाली छात्राको मृत्यु

साईप्रसमा २१ वर्षीया नेपाली छात्राको मृत्यु

केजिन राई

ब्रसेल्स : धादिङ घर भएकी २१ वर्षीया नेपाली छात्रा रेणुका कोइरालाको साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

अध्ययनको सिलसिलामा गत जनवरीमा इन्टेकमा विद्यार्थी भिसाबाट साईप्रस आएकी छात्रा रेणुका २६ जुलाईको करिव २ बजे राति काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी उनलाई निकोसीया अस्पताल पुऱ्याउँदा डाक्टरले तत्कालै मृत घोषणा गरेका थिए ।

निकोसीयाबाट संचारकर्मी समिम मियाका अनुसार स्थानीय प्रहरीले छात्रा रेणुकाको मृत्युबारे पुष्टि गरिसकेको बताए । राति रेणुकालाई पिकअप गरेर आउने चालकसहित मोटर साइकल हाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धानको क्रममा मृतक रेणुकाको साथबाट परिचयपत्र, मोबाइल फोन सेट, निलो रंगको झोला, र झोला भित्र केही यूरो भेटिएको साइप्रस प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.